शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देउवालाई साक्षी राखेर प्रदेश मन्त्री यादवले भने- ‘अधिकार नदिए सिंहदरबार घेर्न आउँछौँ’

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०८०



  • काठमाडौँ । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् । उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । बिहीबार कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए ।

    ‘प्रदेश सरकारसँग अधिकार छैन । संविधानले, कानुनले दिएको अधिकार पनि संघले अधिकार दिएको छैन । हामीले प्रधानमन्त्रीसँग पटक–पटक अधिकारका विषयमा कुरा गरेका छौँ । तर अधिकार पाएनौँ,’ उनले भने, ‘हामीसँग प्रहरी छैन । कर्मचारी छैनन् । यदि अब पनि प्रदेशलाई अधिकार नदिने हो भने हामी राजनीतिक प्रस्ताव पास गरेर सिंहदरबार घेर्न आउँछौँ ।’

    उनले मधेशमा कांग्रेस कमजोर हुँदा नेपाली कांग्रेस कमजोर हुने र कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने स्थिति बन्ने गरेकाले मधेशलाई विशेष रुपले हेर्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij