प्रकाशित मिति : सोमवार, पुस ९, २०८०
एक सय वर्ष पुरानो जापानी कम्पनी ‘जोजीरुसी’ का उत्पादनहरू नेपाली बजारमा बिक्री सुरु भएका छन्। आफ्नो ट्रेड कन्सर्न प्रालिले ‘जोजीरुसी’ का उत्पादनहरु नेपालमा भित्र्याएर बिक्री सुरु गरेको हो।
सन् १९१८ मा स्थापना भएको जोजीरुसीले सुरुमा व्याकुम इन्सुलेसन बोटलहरुको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। आफ्ना उत्पादनहरुमा विविधता थप्दै जोजीरुसीले राइस कुकर, ब्रेडमेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्लाइन्सेसहरुको उत्पादन गर्दै आएको छ।
जोजीरुसीका उत्पादनहरु बिक्री गर्न आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट ललितपुरको पुल्चोकमा रहेको लबिम मलको एल–६ मा स्टोर सञ्चालनमा ल्याएको छ।
उक्त स्टोरमा उपभोक्ताहरुले आफैँले समान निरीक्षण गर्न र समानहरु प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।
जोजीरुसीका मुख्य उत्पादनहरुमा राइसकुकर, ब्रेडमेकिङ्ग मेशिन, पानीखाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जारलगायत छन्। सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरु गुणस्तरीय, स्वास्थमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।
यसका उत्पादनहरु जापान, अमेरिका, सिंगापुर, यूरोपलगायत विश्वका प्रमुख बजारहरुमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल विभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ्ग मेशिनलगायतका सामाग्री आयात गरी नेपाली उपभोक्तालाई उच्चगुणस्तरका वस्तुहरुको बिक्रीवितरण सुरु गरेको जानकारी दिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij