मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज उधौली पर्व मनाइँदै

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०८०



  • आज उधौली पर्व । विशेष गरी किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ ।

    योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ । विशेषतः पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।

    आजकै दिन हिन्दू धर्मावलम्बीले पनि धान्य पूर्णिमाका अवसरमा गोठ पूजा गर्ने चलन छ । आफूलाई प्रकृति पूजकका रूपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङ्नामका अवसरमा फिदिमस्थित सुम्हालुङ मन्दिर,सिलौती,लव्रेकुटीलगायतका स्थलहरुमा पूजा आराधनासहित नयाँ अन्न विधिवत रूपमा चढाएर न्वागी पूजा गर्नेको भीड लागेको छ ।

    यस पर्वका अवसरमा पाँचथर,ताप्लेजुङ,इलाम,धनकुटा र तेह्रथुमसहित संघीय राजधानीका काठमाडौं ललितपुर र आदिवासी जनजातिको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पुजा, चियापान, सांस्कृतिक कार्यक्रम आयोजना हुने किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बे बताँउछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij