शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध लागूऔषधसहित ४ पक्राउ

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित जनालाई पक्राउ गरेको छ।

    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८६ मिलिग्रामसहित खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बस्ने २५ वर्षीय मिलन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित थाहा नगरपालिका-११ बज्रबाराही बस्ने २५ वर्षीय सबिन गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना.८ ख ७५०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक गुरुङलाई पक्राउ गरेको हो ।

    कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-४ स्थितबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बनगाउँ बस्ने २८ वर्षीय बिनोद भुजेल र २३ वर्षीय राजिब चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp कुबेर कडायतले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij