शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाल–भारत संयुक्त आयोगको वैठक : भारतीय विदेशमन्त्री जयशंकर आज काठमाडौं आउँदै

  • प्रकाशित मिति : बिहिबार, पुस १९, २०८०



  • काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर आज काठमाडौं आउँदै हुनुहुन्छ । नेपाल–भारत मन्त्रीस्तरीय वैठकमा सहभागी हुन उहाँ आउन लाग्नु भएको हो ।

    भारतीय विदेशमन्त्री जयशंकरले आज सबैभन्दा पहिले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु हुनेछ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटेर उहाँ नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुहुनेछ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरुको कार्यान्वयनका लागि थप सहमतिहरु हुने बुझिएको छ । विशेषगरी विद्युत ब्यापारसंग सम्बन्धित सम्झौताहरु हुनेछन् ।

    यस्तै काठमाडौंस्थित भारतीय दूतावास मार्फत भारत सरकारले नेपालमा समुदायमा आधारित आयोजनाहरुमा लगानी गर्ने सम्बन्धि सम्झौता पनि हुने तयारी छ ।

    शुक्रबार बिहान भारतीय विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र भूकम्पपछि पुनर्निर्माण थालिएका पूर्वाधारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij