शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

देउवासँग भागबन्डा नमिलेपछि शेखर–गगनको छुट्टै भेला

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०८०



  • सिट बाँडफाँटको विषयमा पार्टी सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि कांग्रेस संस्थापनइतरले आफूपक्षीय नेताहरूको छुट्टै बैठक बोलाएको छ।

    नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षका नेताहरूको भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा चलिरहेको छ।

    राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनमा कांग्रेसले पाएको १० मध्ये चार संस्थापनइतरले दाबी गरेको छ। तर, सभापति देउवा यसका लागि तयार नभएपछि इतर पक्षले छुट्टै भेला बोलाएको हो।

    १९ सिटका लागि हुन लागेको निर्वाचनमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनमा सहमति छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij