शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विद्यालय तहमा नैतिक शिक्षा पढाउनुपर्नेमा सांसदहरुको जोड

  • प्रकाशित मिति : बिहिबार, पुस २६, २०८०



  • काठमाडौं । सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् ।

    बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले विद्यालयको आधारभुत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताएका हुन् । उनीहरुले अहिलेको समयमा नैतिक शिक्षा पढाउनु अत्यावश्यक भइसकेको भन्दै नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने बताए ।

    बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्व खड्किएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताउनुभयो । त्यस्तै, पोषणका कुराहरु र स्वस्थ जीवनशैलीका कुराहरु पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरुको पनि ज्ञान दिनुपर्ने बताउनुभयो ।

    बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरुलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जंकफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भिर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताउनुभयो ।

    त्यसैगरी, बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद सरिता भुसालले विद्यार्थीहरुलाई देशभक्तिका कुराहरु पढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभक्तिको कुराहरु पढाएमा विद्यार्थीहरु विदेशिनबाट रोकिने बताउनुभयो । उहाँले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताउनुभयो । संस्कारविहिन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरुले देश र अभिभावकहरुलाई माया गर्न नसक्ने बताउनुभयो ।

    त्यस्तै, नेकपा(एमाले)का सांसद डा. कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राख्नुभयो । उहाँले संविधानले परिभाषित गरेको बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरुपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

    सांसद राईले स्वस्थ जिवनशैली, ट्राफिक सचेतना लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij