शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बिनौनामा कांग्रेस क्षेत्र नं.१ ले गर्यो माघीको शुभकामना आदानप्रदान

  • प्रकाशित मिति : आइतवार, पुस २९, २०८०



  • बाँकेको राप्तीसोनारी वडा नं.५ बिनौनामा थारू जातिको महान माघीको पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक गिरीले माघीको शुभकामना दिदै आफू पनि थारु गाउँ परिवेशमा जन्मेको भन्दै थारु जातिसँग आफ्नो अटुट सम्बन्ध रहेको बताएका थिए। त्यस्तै नेता गिरीले राप्तीसोनारीका थारु जातिका सबैसँग मायाप्रेम रहेको बताए।

    नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ क्षेत्रीय समिति थारू जाती समन्वय शाखाका अध्यक्ष गंगाराम थारुको सभापतित्व र नेता गिरीको प्रमुख आतिथ्य तथा पूर्व सांसद गोपाल दहितको विशेष आतिथ्यमा शनिबार सम्पन्न कार्यक्रममा थारू जातिको मौलिक संस्कृति झल्किने बिभिन्न नृत्य तथा गित संगितहरू पनि प्रस्तुत गरिएको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी थारु, कांग्रेसका युवा नेता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, कांग्रेस लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषाल , कोहलपुरका मेयर पुर्ण प्रसाद आचार्य , कांग्रेस नेता चिन्तामणि धिताल लगायत नेता कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो।

    bageshwaro post bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij