शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फिल्मफेयर अवार्डमा १९ विधामा मनोनीत भयो ‘एनिमल’

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०८०



  • भारतको ६९ औं फिल्मफेयर अवार्डका मनोनयन घोषणा गरिएको छ।

    भारतीय संचारमाध्यम बलिउड हंगामाका अनुसार अवार्ड समारोह २७ र २८ जनवरी भारतको गुजराजमा हुने भएको छ।

    रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ सर्वाधिक मनोनयनमा पर्न सफल भएको छ। यो फिल्म १९ विधामा मनोनीत भएको हो। उत्कृष्ट फिल्मदेखि उत्कृष्ट अभिनेता, उत्कृष्ट निर्देशक लगायतका विधामा ‘एनिमल’ को कब्जा छ।

    यो वर्ष उत्कृष्ट फिल्ममा ‘१२ वीं फेल, एनिमल, जवान, ओएमजी २, पठान, रक्की और रानीकी प्रेम कहानी’ मनोनीत भएका छन्।

    त्यस्तै उत्कृष्ट क्रिटिक्स अवार्डमा ‘१२ वीं फेल’ फिल्मका विधु विनोद चोपडा, ‘भिड’ का अनुभव सिन्हा, ‘फराज’ का हंसल मेहता, ‘जोहम’ का देवाशीष मखीजा, ‘सामबहादुर’ की मेघना गुलजार, ‘थ्रि अफ अस’ का अविनाश अरुण, ‘ज्विगाटो’ की नन्दिता दास मनोनीत भएका छन्।

    यसैगरी उत्कृष्ट अभिनेतामा रणवीर कपूर (एनिमल), शाहरूख खान (डंकी), रणवीर सिंह (रक्की और रानीकी प्रेम कहानी), शाहरूख खान (जवान), सनी देओल (गदर २), विक्की कौशल (सामबहादुर) छन्।

    उत्कृष्ट अभिनेत्रीमा आलिया भट्ट (रक्की और रानीकी प्रेम कहानी), दीपिका पादुकोण (पठान), भूमि पेडनेकर (थैंक्यु फर कमिङ), रानी मुखर्जी (मिसेज चटर्जी वर्सेज नर्वे), तापसी पन्नू (डंकी), कियारा आडवाडी (सत्यप्रेमकी कथा) रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij