शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कोशी प्रदेश प्रहरी प्रमुख DIGP खापुङले सम्हाल्नु भयो कार्यभार

  • प्रकाशित मिति : बिहिबार, माघ ४, २०८०



  • बिनिता शर्मा,काठमाडौ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक DIGP चन्द्रकुबेर खापुङले पदभार ग्रहण गर्नुभएको छ/

    गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर भएका DIGP चन्द्रकुबेर खापुङले आज (बुधबार) कार्यभार सम्हाल्नु भएको हो।

    कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पदभार ग्रहण पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर जिम्मेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न निर्देशन दिनुभयो/

    कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालयका अन्य सिनियर प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका जिल्ला प्रहरी प्रमुख र यस कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो /

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij