शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हेटौँडा सिमेन्टका कर्मचारी धर्नामा, बन्द उद्योग संचालन गर्न माग

  • प्रकाशित मिति : शुक्रबार, माघ ५, २०८०



  • तीन महिनादेखि बन्द उद्योग सञ्चालनको माग गर्दै हेटौँडा सिमेन्ट उद्योगका कर्मचारी धर्नामा बसेका छन् । हेटौँडामा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग हेटौँडा गत असोजदेखि बन्द छ ।

    क्लिंकर उत्पादन सुरु गर्न माग गर्दै कर्मचारीहरू उद्योगको प्रशासन भवनको गेटमा धर्नामा बसेका हुन् । धर्नामा बसेकाहरू माओवादी केन्द्रनिकट अखिल नेपाल औद्योगिक मजदुर संगठननिकट कर्मचारी हुन् ।

    उनीहरू गत २४ पुसदेखि हातमा कालोपट्टी बाँधेर दैनिक धर्नामा बसिरहेको अखिल नेपाल औद्योगिक मजदुर संगठन हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष दीपक थोकरले जानकारी दिए ।

    २४ पौषदेखि २ माघसम्म हातमा कालोपट्टी बाँधी धर्ना दिए पनि यसअवधिमा आफ्ना मागहरूको विषयमा प्रशासनको तर्फबाट सुनुवाइ नभएपछि ८ माघसम्म धर्नालाई निरन्तरता दिने अध्यक्ष दीपक थोकरले बताए ।

    उद्योग नियमित सञ्चालन हुनुपर्यो भन्ने हाम्रो एक मात्र माग हो । उद्योगको उत्पादन नै बन्द गरिराख्दा झनै समस्या हुने देखिएकाले हामी चिन्तित बनेका हौँ,’ उनले भने ।

    उद्योग प्रशासनले नियमित कोइला आपूर्ति गर्न नसक्दा क्लिंकर उत्पादन रोकिएपछि उद्योगको अवस्था भनmै धरासायी भएकोले आफूहरूले उद्योग नियमित सञ्चालनको माग गर्दै धर्ना दिनुपरेको अध्यक्ष थोकरको दावी छ ।

    ‘कोइला आयात गर्ने ठेकेदारलाई दिनुपर्ने रकम दिन नसकिएको कारण देखाउँदै क्लिंकर उत्पादन बन्द गरिएको छ । उद्योगको समस्या चाँडै समाधान गर्नु प्रशासनको दायीत्व हो । प्रशासनले गम्भीरता पूर्वक उद्योग नियमित सञ्चालनको वातावरण निर्माण गरोस भनेर हाम्रो धर्ना हो,’ अध्यक्ष थोकरले भने ।

    उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले केही दिनभित्रै उद्योग सञ्चालन हुने बताए । उनले उद्योग सञ्चालनको वातावरण बनाईरहेको बताउँदै उद्योगबाट उत्पादित सिमेन्ट बिक्री नै अत्यन्त कम भएको र कोइला आयातकर्ताको भुक्तानी दिन पनि रकम नभएकाले तत्काललाई उद्योगको उत्पादन बन्द गर्नुपरेको स्पष्ट पारे ।

    ‘उद्योगको उत्पादन बन्द गरिए पनि उत्पादन भएको सिमेन्टको मौज्दात टन्नै छ । त्यही मौज्दात सिमेन्टको बिक्रीलाई निरन्तरता दिइरहेका छौँ । हाल दैनिक पाँच सयदेखि दुई हजार बोरासम्म मात्र सिमेन्ट बिक्री भइरहेको छ,’ उनले भने ।

    अहिले पनि उद्योगमा करिब डेढ लाख बोरा सिमेन्ट मौज्दान रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । उनले उद्योग संचालनका लागि पनि अझै हजार टनभन्दा बढी कोइला स्टक रहेको जानकारी दिँदै मौज्दात सिमेन्ट घट्दै गएपछि उद्योग सञ्चालन गर्ने बताए ।

    महाप्रबन्धक पाण्डेले कर्मचारीको धर्नाको कुनै औचित्य नरहेको दावी गर्दै उद्योगको अवस्थाका बारेमा सबै जानकार भएकाले सम्बन्धित सबैले मिलेर काम गर्नुपर्ने बताए ।

    उद्योगलाई नियमित र सञ्चालनका लागी नयाँ मेसिन र उपकरणसहित स्तरवृद्धि गर्न र उत्पादन लागत घटाई दीर्घकालीन नाफा गराउने उद्देश्यसहित विस्तृत प्रस्ताव परियोजना उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पठाइसकिएको उनले दावी गरे ।

    महाप्रबन्धक पाण्डेले केही दिनअघि मात्रै पनि उद्योगमन्त्री रमेशप्रसाद रिजालले उद्योगको अवलोकन गरी वास्तविक अवस्था बुझेर गएको र उद्योगलाई नियमित सञ्चालनको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता दिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij