मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मुगु र हुम्लामा हिमपात

  • प्रकाशित मिति : बिहिबार, माघ १८, २०८०



  • मुगु / कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात र वर्षा सुरु भएको छ । गए राति २ बजेदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको छ । मुगुको पर्यटकीय गन्त्ब्य रारामा आधा इन्च हिउँ जमेको छ । गत मंसिर दोश्रो साता रारामा आधा इन्च हिउँ परेको थियो ।

    मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको छ ।

    त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । सिमकोट बजार क्षेत्रमा आधा इन्चसम्म हिउँ जमेपछि बजार क्षेत्र सेताम्य देखिएको छ । हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा मंसिर दोस्रो साता हल्का हिमपात भएको थियो ।

    यो पटक उक्त क्षेत्रमा बाक्लो हिमपात भएको छ । माघ महिनासम्म पनि बर्षा र हिमपात नहुँदा खडेरीको चिन्ताले निरास भएको मुगाली र हुम्ली हिमपात र बर्षा सुरु भएपछि खुसी भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij