शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नियोजित आक्रमण भएको सांसद चौधरीको आरोप

  • प्रकाशित मिति : शनिबार, माघ २०, २०८०



  • ‘चौधरी समूहमाथि आक्रमण भयो । हामी र उद्योग व्यवसायी माथिको आक्रमण हो । अर्थव्यवस्थामाथिको आक्रमण हो’, चौधरीले थपे, ‘वैशाखमा अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ । त्यसलाई अवरोध गर्न खोजिएको हो । असफल बनाउन खोजिएको हो ।’ उनले २०४२ सालतिरको पुरानो कुरा उप्काएर उद्योग, व्यवसायीको मनोबल गिराउन खोजिएको आरोप लगाए ।

    यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धानपछि मात्रै बाँसबारी छाला कारखाना प्रकरणमा उद्यमी चौधरीसहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।

    च्याम्पियन फुटवेयरमा रहेको बाँसबारी कारखानाको २५ प्रतिशत सेयर चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको सीआईबीले बताएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले २०५२ साउन ११ मा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण चौधरीको नाममा आएको प्रमाण रहेको जानकारी दिए । उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर चौधरीको नाममा आएपछि तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडलाई ०५४ पुस ४ मा प्राइभेट कम्पनीमा लगिएको देखिएको बताए ।

    बाँसबारी छालाजुत्ता कारखाना निजीकरणका क्रममा च्याम्पियन फुटवेयरमा रहेको २५ प्रतिशत सेयर पनि बेच्न महालेखाले बोलपत्र आह्वान गरेको थियो । महालेखा नियन्त्रणको कार्यालयबाट २५ प्रतिशत सेयरको लिलामी निकाल्ने भए पनि लिलामी सेयरलाई ३६ लाख रुपैयाँमा अरुणकुमार चौधरीले खरिद गरेको देखिएको उनले बताए । चौधरीले ०५४ पुस ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालीन सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको उनले बताए ।

    बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत सेयर सर्वसाधारणको रहने भनिए पनि त्यस्तो नभएको पाइएको सीआइवीको भनाइ छ । १० रोपनी जग्गा च्याम्पियन फुटवेयरले प्रतिरोपनी २ लाख ५० हजारका दर मूल्यांकनका आधारमा बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको आचार्यले बताए । च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिन्छ ।

    उनले २५ प्रतिशत सेयरको मूल्य साढे १२ लाख रुपैयाँमात्र पर्ने भए पनि बाँसबारीले २६ लाख मूल्य बराबरको १० रोपनी जग्गा दिएको बताए । उनका अनुसार कम्पनीको चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्‍याइएपछि बाँकी अरू पक्षबाट ७४ लाख रुपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाएको छ । चौधरीसँगै उद्योगका तत्कालीन अध्यक्ष अजित नारायण सिंह र फुटवेयर प्रालिका सञ्चालक सञ्जय ठाकुर पनि पक्राउ परेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij