शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

व्यवसायी चौधरीलाई दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०८०



  • काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अबको दुई दिनभन्दा बढी हिरासतमा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    यसअघि प्रहरीले लिएको चार दिनको समय सकिएपछि म्याद थपका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

    जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पक्राउ परेका चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई अब दुई दिनभन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो ।

    पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यसअगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्नेछ । त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराइ हाजिर जमानीमा छाड्न आदेश दिइएको छ ।

    महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो ।

    स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु हाल ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij