शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैलालीको मोहन्यालको एक विद्यालयमा शिक्षिका बिच कुटाकुट

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०८०



  • कैलालीको मोहन्याल ७ कुहिनेको अरनिको आधारभुत विद्यालयमा शिक्षिका बिच कुटाकुट भएको छ । बिद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षीका देवकी जोशी र वालबिकास शिक्षिका रिता बिष्ट बिच कुटाकुट भएको हो । माघ २६ गते शुक्रबार बिद्यालय समयमा दुबै शिक्षिका बिच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिएका छन् ।

    शिक्षिका बिष्टले आफ्नो औला काटेको देबकी जोशीले आरोप लगाकी छन् । जोशी अहिले आफुलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराई धनगढी घरमा बसेको बताएकी छन् । उता बिद्यालय व्यबस्थापन समितिले दुबै पक्षलाई छलफल गराई बिवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताएकी छन् ।

    बैठकमा दुबै पक्ष उपस्तिथी नभएका कारण बैठक बिना निश्कर्ष टुङ्गिएको अध्यक्ष माझीले बताएकी छन् । शिक्षिका बिष्ट बैठकमा उपस्थित भएपनि जोशी आफु असुरक्षीत भएको भन्दै बैठकमा सहभागि भएको छैनन् । शिक्षिका जोशीलाई चारदिन भित्र हाजिर हुन पत्राचार गरेको व्यबस्थापन समिति अध्यक्ष माझिले जानकारी दिएकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij