शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ललिता निवास प्रकरणमा १२ जना दोषी ठहर

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३, २०८०



  • काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा १२ जना दोषी ठहर भएका छन् । विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा फैसला सुनाउँदै १२ जनालाई दोषी ठहर गरेको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

    त्यस्तै तत्कालीन मालपोत अधिकृत कलाधर देउजा, शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित १२ जनालाई अदालतले दोषी ठहर गरेको हो ।

    पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसमेतलाई सोधपुछ गरिएको भए पनि उनीहरुमाथि कुनै मुद्दा चलेको थिएन ।

    त्यस्तै मुद्दा चलेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र पूर्वमन्त्री डम्बर श्रेष्ठले भने सफाइ पाएका छन् ।

    विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा मङ्गलबार सकिएको थियो ।

    इजलास एक महिनादेखिको निरन्तर चलिरहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij