शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भरतपुर विमानस्थलको विस्तार सुरु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • चितवनको भरतपुर विमानस्थल विस्तार प्रक्रिया अघि बढेको छ । शुक्रबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तारको प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको हो । नगरप्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, नेपाल नागरिक प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडाको प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गर्ने कार्य एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।

    विमानस्थल विस्तारका लागि सर्भे गरी डिजाइन गर्ने र डिजाइनअनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेसन सर्भे) गरिने महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । सर्भेको काम सोमबारबाट सुरु गरेर एक हप्ताभित्रै सम्पन्न गरिने उनको भनाइ छ । सर्भे रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्नेछ । यस्तै, समग्र विमानस्थल विस्तार सहजीकरणका लागि क्यान, सेना र महानगरको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति पनि भएको छ । १८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च क्यानले व्यहोर्नेछ ।

    विमानस्थलसँगै सेनाको घोडा प्रजनन केन्द्रलगायत संरचना छन् । विमानस्थल विस्तारका लागि थप १९ बिघा जमिन आवश्यक पर्छ । अहिले १२ सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर विस्तार गर्ने योजना क्यानको छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा १५ सय मिटरको बनाउनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij