शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भाइस मिडियाले सयौँ कर्मचारी निकाल्ने, वेबसाइटमा समाचार प्रकाशन बन्द

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ११, २०८०



  • वासिङ्टन डिसी । भाइस मिडियाले आफ्नो वेबसाइट भाइस डटकममा समाचार प्रकाशित गर्न बन्द गर्दै सयौँ कर्मचारीहरूलाई बर्खास्त गर्न लागेको छ । कम्पनीका प्रमुख कार्यकारी ब्रुस डिक्सनले एक मेमोमार्फत यो जानकारी दिएका हुन् ।

    गत वर्ष मे महिनामा कम्पनीले अमेरिकामा बैंककरप्सीका लागि आवेदन दिएको थियो र यसलाई फोर्ट्रेस इन्भेष्टमेन्ट ग्रुपले किनेको थियो । डिक्सनका अनुसार वाइसले यसको सामग्री ठुला कम्पनीहरूसँग वितरण गर्ने योजना बनाएको छ।

    बीबीसीलाई प्राप्त मेमोमा डिक्सनले भनेका छन्, ‘अहिले हामीलाई हाम्रो डिजिटल सामग्री पहिले जस्तै वितरण गर्न लागतको हिसाबले गाह्रो भएको छ। जसको मतलब हामीले हाम्रो कार्यबल घटाउनु पर्छ र सयौँ पदहरू बन्द गर्नुपर्नेछ।’ डिक्सनका अनुसार कम्पनीले आफ्नो व्यापार बेच्ने छ जसको बारेमा आगामी हप्ताहरूमा जानकारी दिइनेछ।

    यस वर्ष च्यानल फोर, लस एन्जलस टाइम्स र बिजनेस इनसाइडरले पनि कर्मचारीहरूलाई हटाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij