शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लागुऔषध दुर्व्यसनी नियन्त्रणमा स्थानीय तहको योगदान महत्वपूर्ण : IGP कुँवर

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरी महानिरीक्षक IGP वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि स्थानीय तहको योगदान महत्वपूर्ण हुने बताउँनुभएको छ ।

    टोखा नगरपालिका र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आयोजना गरेको ‘लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना गीति वृत्तचित्र विमोचन’ कार्यक्रममा IGP कुँवरले सबैको घरमा प्रहरी पुग्न नसक्ने भएकाले लागुऔषध दुर्व्यसन नियन्त्रणमा घरपरिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउँनुभएको हो ।

    ‘दुव्यर्सनी नियन्त्रणका लागि घरपरिवार र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ,’ उहाँले भन्नुभयो । कतिपय अभिभावकले आफ्ना छोराछोरीले गरेको गल्ती लुकाउन खोज्दा समस्या हुने गरेको IGP कुँवरको भनाइ छ । नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अगाडि बढ्न खोजेको उहाँले बताउँनु भयो ।

    IGP कुँवरले विश्वव्यापी रुपमा जटिल अवस्थामा रहेको लागुऔषध दुव्यर्सनीका कारण राज्यले ऊर्जाशील युवा जनशक्ति गुमाउने खतरा रहेकाले यसको नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।

    उनले नेपाल सरकारले विभिन्न समयमा लागुऔषधसम्बन्धी बनाएका कानुन कार्यान्वयनमा नेपाल प्रहरी सधैँ लागिरहेको बताए। प्रहरीको ७७ वटै जिल्ला कार्यालय र मुद्दा चल्ने कार्यालयबाट यसको नियन्त्रणका लागि काम भइरहेको उहाँले भनाइ थियो।

    लागुऔषधमा फसेको जनशक्तिलाई पहिलेकै अवस्थामा ल्याउनका लागि प्रहरीले विभिन्न पुनःस्थापना केन्द्रमार्फत काम गरिरहेको महानिरीक्षक कुँवरले उल्लेख गर्नुभयो ।

    प्रहरीले काठमाडौंको आसरा सुधार केन्द्र, विराटनगरको पुनःस्थापना केन्द्रमार्फत काम गरिरहेको छ। प्रहरीले प्रदेशस्तरमा पुनःस्थापना केन्द्र स्थापना गर्न लागिरहेको उहाँले बताउँनु भयो । समाजमा हुने अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न स्थानीय सरकारसँग सिसीक्यामरा जडानको क्षेत्रमा प्रहरीसँग भएको सहकार्यप्रति उहाँले धन्यवाद दिनुभयो ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लागुऔषध नियन्त्रणका लागि घरघर र विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले टोखा नगरपालिकाभित्र लागुऔषध दुर्वयसनी नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गरेर यस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

    ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले नेपालमा लागुऔषध दुव्यर्सनको अवस्था भयावह रहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीसँगै अभिभावक, परिवार, स्थानीय तहलगायत महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

    ब्यूरोका अनुसार नेपालमा एक लाख ३० हजार व्यक्ति लागुऔषध दुव्यर्सनमा परेका छन्। प्रहरीका अनुसार चालू आवमा माघ मसान्तसम्म लागुऔषध दुर्व्यसनमा तीन हजार पाँच सय ९९ व्यक्ति पक्राउ परेका छन्।

    टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसीले लागुऔषधलाई स्थानीय तहबाटै नियन्त्रण गर्नका लागि टोखा नगरपालिका लागिरहेको बताउँनुभयो ।

    टोखाले स्थानीय तह, विद्यालय र क्लबबाट लागुऔषध नियन्त्रणमा काम गरिरहेको उनको भनाइ थियो।

    कार्यक्रममा प्रहरी अतिरिक्त AIGP महानिरीक्षक दीपक थापा, टोखा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी एवं विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

    सो अवसरमा लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना गीति वृत्तचित्र विमोचन गरिएको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij