शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसीपुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १६, २०८०



  • लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले खेलमा हारजित स्वाभाविक भएकोले त्यसलाई हारजित भन्दा पनि आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने सिकाइको रुपमा लिनुपर्ने बताउनुभएको छ ।

    तुलसीपुरको अरनिको मैदानमा युथ्स अफ तुलसीपुरले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले अन्य खेलकूदका प्रतियोगिताहरु भइरहे पनि कुस्ती खेलको प्रवद्र्धनतर्फ प्रदेश सरकारले चासो देखाएको बताउनुभयो । ‘यो वर्षदेखि लुम्बिनी प्रदेश सरकारले कुस्ती खेललाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम बनाएको छ’– उहाँ‘ले भन्नुभयो– ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दछु ।’ प्रतियोगितामा अधिकांश खेलाडी भारतबाट ल्याइएको छ । यद्यपि खेलाडी जुनसुकै देशको भए पनि खेलाडीको क्षमतालाई सम्मान गर्नुपर्ने मन्त्री थापाले धारणा राख्नुभयो ।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले कुस्ती नेपालको परम्परागत खेल भए पनि नेपालमा यसको महत्व स्थापित हुन नसकेको भन्दै यसलाई स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले प्रयास थालेको बताउनुभयो । ‘कुस्ती नेपालको तराईमा अत्यन्तै लोकप्रिय खेल हो । त्यसकारण यसको प्रवद्र्धन गर्ने र यसको महत्वबारे प्रचारप्रसार गर्ने सरकारको दायित्व हो’– उहाँले भन्नुभयो– ‘जो कुरा लुम्बिनी प्रदेश सरकारले नीति निर्माण गरेरै थालनी गरेको छ ।’

    युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेको अध्यक्षता तथा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तरुण दल दाङका अध्यक्ष टीका घर्तीले बोल्नुभएको थियो । युथ्स अफ तुलसीपुरका सदस्य टोपबहादुर वलीको स्वागत मन्तव्यबाट कार्यक्रम शुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij