प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३
काठमाडौं । भारतको मानव स्रोत विकास मन्त्रालयले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा संसारका मेधावी विद्यार्थीलाई अवसर प्रदान गरेको छ ।
यसका लागि आइआइटीका चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार काठमाडौं आइपुगेको छ ।
प्रतिनिधिमण्डलले विभिन्न स्कुलका कक्षा ११ र १२ का विद्यार्थीसँग अन्तरक्रिया पनि गरेको छ ।
विशेष गरी इन्जिनियरिङसँग सम्बन्धित विद्यार्थीसँग टोलीले अन्तक्र्रिया गर्न लागेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक, काठमाडौं विश्वविद्यालय, राई स्कुल, मोडर्न इन्डियन स्कुल, डिएभी स्कुल, केभी स्कुलका विद्यार्थीसँग टोलीले अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij