मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आन्दोलनरत मिटरब्याज पीडितका लागि स्वास्थ्य शिविर

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०८०



  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तोसिमा कार्कीको टोलीले मिटरब्याज पीडितका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

    शुक्रबार दिउँसो कार्कीको टोलीले ६ सय भन्दा धेरै मिटरब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरेका छन्। उनीहरूले काठमाडौ‌ं भृकुटीमण्डप पुगेर शिविर सञ्चालन गरेका हुन्।

    मिटरब्याज पीडितहरू पैदलयात्रा गरेर फागुन ११ गते काठमाडौं आइपुगेका थिए। सोही दिनदेखि उनीहरू भृकुटीमण्डपमा बस्दै आएका छन्।

    तोसिमासहित रास्वपा सांसद सोविता गौतम, चन्दा कार्कीसहित चिकित्सकहरू उपस्थित थिए।

    उनीहरूले सामान्य घाउमा पट्टी लगाइदिने र औषधि समेत दिएको मिटर ब्याज तथा ठगी विरूद्ध किसान-मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

    लामो समयदेखि पैदलयात्रा गरेकाहरूको पैतालामा चोट लागेको छ। त्यस्ता घाउ सफा गर्ने र मलमपट्टी गरिदिएको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij