शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०८०



  • काठमाडौं । वडाध्यक्षहरुको निधन भएपछि स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने भएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको मृत्यु भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।

    उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने जनाइएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी भइ रहेको पनि जनाएको छ ।

    पछिल्लो समय सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिका–६, कर्णालीको सानीभेरी गाउँपालिका–५ र मधेशको डाक्नेश्वरी नगरपालिका–४ का वडाध्यक्षहरुकोे निधन भएको छ ।

    यस्तै जिल्ला समन्वय समितिका प्रमुख दुई, नगर उपप्रमुख र गाउँपालिकाका अध्यक्ष एक एक तथा उपाध्यक्ष दुई र वडाध्यक्ष २० गरी २६ पद रिक्त रहेको आयोगले जनाएको छ ।

    यसैगरि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एक एक पद पनि रिक्त छन् । रिक्त रहेका यी दुवै पदको उपनिर्वाचन वैशाख १५ गते हुने निश्चित भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij