शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अमेरिकाको पशुपतिनाथ र अनायासै झरेका आँसु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २६, २०८०



  • शिवमा सौम्य र रौद्र रुप दुवै भएको मानिन्छ | परस्पर विरोधी भावहरुको सामजस्य नै उनको विषेषता हो । उनको परिवारमा भूत-प्रेत, नंदी, सिंह, सर्प, मयुर सबै प्रकारका जनावर पंक्षी छन् । सबैलाई आफ्नो परिवार बनाउन सक्ने, समान प्रेम बाँड्न सक्ने नै शिव हुन् । जसको आदी र अन्त्य छैन, त्यो नै समय हो, त्यो नै शिव हो ।

    करिब ४५०० वर्ष भन्दा बढीको इतिहास बोकेको मोहेन्जो दारो सभ्यतामा पनि पशुपतिको चित्र अंकित अवशेष भेटिनुले हाम्रो पुरानो हिन्दू सभ्यतासँगको यसको सम्बन्ध,महत्व पुष्टि हुन्छ । भारत वर्षमा जन्मने जो कोहीले पशुपतिलाई आराध्यदेव मान्नुको कारण हामीले हाम्रो जरा सम्झिएको हुनुपर्छ ।

    काठमाडौँको पशुपतिनाथ आफैँमा अनुपम कला र संस्कृति बोकेर उभिएको लगभग १६०० वर्ष भन्दा बढी भैसकेको छ । त्यसलाई केवल सम्प्रदाय विशेषको आँखाले हेर्नु अन्याय हुन्छ । यसले सिंगो नेपालको पहिचान बोकेको छ ।

    कला,संस्कृति,परम्परा बोकेको छ । पशुपति जाने हरेक मान्छेले बागमतीमा जल्ने शव देखेर जीवन र मृत् लाई एकछिन भए पनि घोरिएर सोच्छ । विचार गर्छ । केहीबेर भए पनि असल कर्म गरुँ भन्ने भाव जागृत भएको हुनुपर्छ ।

    अमेरिकाको राजधानी अस्टिन शहरमा गज्जबको पशुपति मन्दिर निर्माण भएको छ । समाजका अगुवाहरुको अनवरत श्रमको परिणाम आज त्यहाँ हेर्न लायकको मन्दिर बनेको छ ।

    मन्दिरभित्र प्रवेश गर्ने जो कोहीलाई त्यसले अनौठो अनुभूति गराउँछ । मन्दिर दर्शन गर्न आएका कतिपय नेपालीले त्यहाँ अन्जानमा  आँशु झारेको देखियो  । किन आँशु आयो त्यसको उत्तर ती स्वयंसँग पनि छैन ।

    त्यो प्रेमको आँशु हो  । देशको प्रेम ,आफ्नो पहिचानको प्रेम, सात समुद्रपारी  सजिएको  आफ्नो कलाको प्रेम त्यो माटोको प्रेम ,जन्मभूमिको प्रेम । त्यसले तिनमा धर्म भन्दा पनि नेपाल सम्झाएको, नेपाल आफ्नै अगाडि आएको अनुभव भएको हुनुपर्छ । विदेशमा बस्दा आफ्नो जन्मभूमिको याद दिलाउने साना साना  कुराले पनि भावनात्मक रुपमा जोड्छ । झन् पशुपति नै आँखा अगाडि आउँदा आँशु आउनु स्वभाविक नै मान्नुपर्छ ।

    अन्त्यमा, अस्टिनमा पशुपति निर्माणमा वर्षौँदेखि निरन्तर खटेर समयमा नै निर्माण पूरा गर्न सफल समाजका सम्पूर्ण अगुवासहित विशेषरुपमा गेहेन्द्र केसी, देवराज न्यौपाने, भोजराज भट्ट, कृष्ण जीसी, विदुर खतिवडालाई हार्दिक बधाइ र हृदयदेखि विशेष धन्यवाद । यो पशुपति मन्दिरमा स्थापित  शिवको आशीर्वाद सबैलाई प्राप्त होस् । हामी सबैलाई शिवरात्रीको शुभकामना ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij