शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राष्ट्रिय सभा अध्यक्षका लागि उममेदवारी दर्ता हुँदै

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०८०



  • काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान हुनेछ ।

    उम्मेदवारी दर्ता आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । आजै दिउँसो १ः३० बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

    मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका रहेको छ ।

    अहिलेसम्म नयाँ सत्ता गठबन्धन र नेपाली कांग्रेसका गरी दुई जनामात्र उम्मेदवार हुनेछन् ।

    कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सत्ता गठबन्धनले दाहाललाई सघाउने सहमति गत फागुन २१ गते नै गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij