प्रकाशित मिति : आइतवार, चैत्र ४, २०८०
धनगढी/ आइतबार दिउँसो धनगढी उपमहानगरपालिकाको मुल गेटमा जग्गा व्यवसायीहरुले ताला ठोके ।
उनीहरुले ताला ठोकेपछि रिर्पोटिङमा पुगेका पत्रकार सुदीप थापा भिडिओ खिचिरहेका थिए ।
समाचारका लागि भिडिओ खिचिरहेका पत्रकार थापालाई नगरप्रहरीले दुव्र्यवहार गर्दै भिडिओ नखीच्न भने । पत्रकार थापाले ‘म पत्रकार हो, समाचारको लागि भिडिओ खीचेको हो’ भनेर जवाफ फर्काएपछि नगरप्रहरीले झनै असभ्यशैलीमा ‘पत्रकार सत्रकार’ चिन्दैनभन्दै धम्क्याउन थाले ।
पत्रकार थापामाथि नगरप्रहरीले दुव्र्यवहार गरेपछि पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित पत्रकारहरु धनगढी उपमहानगरपालिका अगाडि केही समय धर्नामा बसेका थिए। पछि दुव्र्यवहार गर्ने ती नगरप्रहरी आएर पत्रकारहरु संग माफी मागेपछि घटना टुङ्गीएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij