प्रकाशित मिति : शनिबार, बैशाख १, २०८१
२०८१को मङ्गलमय शुभकामना सहित २०८१को बार्षिक राशिफल
मेष चू,चे,चो,ला,ली,लु,ले,लो,अ २०८१ शुभफलदायक वर्ष रहने छ । बृहस्पति, शनि र केतु शुभ रहनाले सुखबृद्धि, आयबृद्धि तथा नयाँकामको थालनी हुनेछ तर राहु अशुभ रहेकाले अनावश्यक खर्चमाबृद्धि र झमेलामा फस्नुपर्ने स्थिति आउन सक्ने छ । यसबर्ष धार्मिक यात्राका साथै परिवारमा माङ्गलिक कार्य हुनेछन् । राहुको शान्ति गरे अशुभफल लाग्ने छैन ।
मासिक राशिफल :- वैशाख :- स्थाननास, यात्रा, ज्येष्ठ :- हानी,भय
आषाढ :- सुखप्राप्ति, धनप्राप्ति श्रावण:- मानहानी, रोगभय भाद्र :- अर्थहानी,दीनता आश्विन :- शत्रुनाश,सुखबृद्धि कार्तिक :- अर्थक्षति, गमन
मार्ग :- रोग, भय
पौष :- कान्तिक्षय,पापबुद्धि
माघ :- शुखप्राप्ति, कर्मसिद्धि फाल्गुन – धनप्राप्ति,सुखबृद्धि चैत्र :-धनक्षय,पीडा ।
बृष इ,उ,ए,ओ,वा,वि,वु,वे,वो सामान्य फलदायी वर्ष रहने छ । राहु एकादश रहनाले शुखसन्तोष बढने, शत्रुमाथि विजय प्राप्ति हुनेछ । शनि,केतु र बृहस्पति अशुभ रहनाले धननाश,डर,त्रासका साथै पापकर्ममा मन जानेछ । स्वास्थ्यमा अधिक धनक्षय हुनेछ । शनि,केतु र बृहस्पतिको शान्ति गरे अशुभफल लाग्ने छैन । वैशाख :- धननास, पीडा
ज्येष्ठ :- स्थानपरिवर्तन, यात्रा आषाढ :- स्वास्थ्य प्रतिकूल, हानी श्रावण :- सुखप्राप्ति,धनप्राप्ति भाद्र :- रोगभय चिन्ता
आश्विन :- आर्थिक संकट कार्तिक :- शत्रुनास, सुख
मार्ग :- खर्चबृद्धि, यात्रा
पौष :- कान्तिक्षय,स्वास्थ्य समस्या माघ :- पापकर्म, मानहानी फाल्गुन :- सर्वकार्य सफल,सुखबृद्धि
चैत्र :- धनधान्य बृद्धि, सुख बृद्धि ।
मिथुन :- का,की,कु,घ,ङ,छ,के,को,हा
सामान्य फलदायी वर्ष रहने छ । राहुको अनुकूलताले शत्रुमाथि विजय प्राप्ति हुनेछ । सुखसन्तोष मिल्नेछ । शनि,केतु र बृहस्पति अशुभ रहनाले धननाश,डर,त्रासका साथै पापकर्ममा मन जानेछ । स्वास्थ्यमा अधिक धनक्षय हुनेछ । शनि,केतु र बृहस्पतिको शान्ति गरे अशुभफल लाग्ने छैन । वैशाख :- आकस्मिक धनलाभ ज्येष्ठ :- दुखकष्ट, धनक्षय
आषाढ :- स्थान परिवर्तन, यात्रा श्रावण :- हानी,नोक्सानी
भाद्र :- धनलाभ धनार्जन
आश्विन :- स्वास्थ्य सम्बन्धि समस्या
कार्तिक :- आर्थिक संकट, हानी मार्ग :- शत्रुनास, पराक्रमबृद्धि पौष :- पापकर्म, मानहानी माघ :- स्वास्थ्य संकट,चिन्ता फाल्गुन :- कान्तिक्षय,पापबुद्धि चैत्र :- धनधान्य बृद्धि, सुख बृद्धि
कर्कट हि,हू,हे,हो,डा,डि,डु,डे,डो शुभफलदायी समय रहेको छ । बृहस्पति र केतुग्रह शुभ रहेकाले पराक्रम बढ्ने, व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ । राहु र शनि अशुभफलदायी रहेकाले डरत्रासको अवस्था रहने, शत्रुबढ्ने अनावश्यक खर्चमा बृद्धि हुने र पापकर्ममा मन जाने सम्भावना रहनेछ । शनि र राहुको शान्ति गरे अशुभफल लाग्ने छैन ।
वैशाख :- सौख्य,आकस्मिक धनलाभ
ज्येष्ठ :- अप्रत्याशित धनलाभ आषाढ :- धननाश,पीडा
श्रावण :- स्थानपरिवर्तन, यात्रा भाद्र हानी, नोक्सानी
आश्विन :- शत्रुनाश, सुखप्राप्ति कार्तिक :- स्वास्थ्यमा समस्या, मानहानी
मार्ग :- आर्थिक संकट, हानी
पौष :- शत्रुनाश, सुखबृद्धि माघ :- व्यर्थयात्रा, धनक्षय
फाल्गुन :- स्वास्थ्यमा समस्या, पापबुद्धि
चैत्र :- पापबुद्धि,कान्तिक्षय
सिंह मा,मि,मु,मे,मो,टा,टी,टु,टे २०८१ मध्यम फलदायी नै रहने छ । अध्ययन तथा वैदेशिक क्षेत्र सफल रहेपनि बृहस्पति,शनि, राहु र केतु अशुभफलदायी रहेकाले आर्थिक संकट अपमान, शत्रुबाधा,स्वास्थ्यमा समस्या जस्ता फलप्राप्त हुने देखिन्छ । बृहस्पति,शनि, राहु र केतुको जप दान शान्ति गरेमा शुभफल प्राप्ति हुने छ
वैशाख :- मानहानी कान्तिक्षय ज्येष्ठ :- सुखप्राप्ति,कर्मसफल आषाढ :- धन,सुखप्राप्ति श्रावण :- धननाश,पीडा
भाद्र :- स्थानपरिवर्तन,यात्राको सम्भावना
आश्विन :- नोक्सानी, क्षति कार्तिक :- सुख धन प्राप्ति
मार्ग :- रोगभय,कान्तिक्षय
पौष :- शत्रुबृद्धि,आर्थिक संकट माघ :- कार्यसफल, धनमानलाभ फाल्गुन :- यात्राको अवसर, खर्चबृद्धि
चैत्र :- पापबुद्धि,शत्रुबृद्धि
कन्या
टो,प,पी,पू,ष,ण,ठ,पे,पो २०८१ शुभफलदायी रहला । बृहस्पति,शनि शुभ रहेकाले अध्ययनको क्षेत्र राम्रो रहनेछ । धार्मिक कृतहरु हुनेछन् । व्यवसाय फलदायी रहने छ । तर राहु र केतु अशुभ रहेकाले रोगभय, आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ । राहु र केतुको जप दान शान्ति गरेमा शुभफल प्राप्ति हुने छ ।
वैशाख :- स्वास्थ्यसम्बन्धी चिन्ता, शत्रुभय
ज्येष्ठ :- मानहानी, पापकर्ममा मन जाला
आषाढ :- कार्यसफल, सुखप्राप्ति श्रावण :- धनप्राप्ति, भाग्योदय भाद्र :- चोटपटकको सम्भावना, हानी
आश्विन :- लामोयात्रा, क्षति कार्तिक :- धननास,पीडा
मार्ग :- आकस्मिक धन मानलाभ पौष :- पारिवारीक स्वास्थ्यमा खर्च बृद्धि
माघ :- धननाश सन्तान चिन्ता फाल्गुन :- सुखबृद्धि, शत्रुनाश
चैत्र :- पारिवारीक चिन्ता,टाढाको यात्रा ।
तुला रा,री,रु,रे,रो,ता,ती,तु,ते मध्यम फलदायी वर्ष रहनेछ । राहु शुभ रहनाले आर्थिक पक्ष सबल रहनेछ । सुखमा बृद्धि हुनेछ तर बृहस्पति, शनि र केतु अशुभ रहनाले स्वास्थ्यमा समस्या, भयत्रास, शत्रुबृद्धि, चोटपटकको भय रहिरहनेछ । बृहस्पति, शनि र केतुको शान्ति गरेमा अशुभफल नास हुनेछ ।
वैशाख :- सुखद्यात्रा, खर्चमाबृद्धि ज्येष्ठ :- स्वास्थ्यमा समस्या, पारिवारीक चिन्ता
आषाढ :- पापकर्ममा मन जानाले मानसम्मानमा असर
श्रावण :-कार्य सफल, सुखबृद्धि भाद्र :- धनप्राप्ति,सुखप्राप्ति आश्विन :- खर्चबृद्धि,विविधपीडा कार्तिक :- अप्रत्याशित धनलाभ मार्ग :- खर्चबृद्धि, मानसिक तनाव पौष :- स्थानपरिवर्तन, यात्रा माघ :- आर्थिक क्षति, नोक्सानी फाल्गुन :- सुखबृद्धि धनार्जन
चैत्र :- चिन्ता, रोग क्लेश ।
बृश्चिक तो,ना,नी,नु,ने,नो,या,यि,यू शुभफलदायी वर्ष रहनेछ । सामाजिक, राजनैतिक तथा वैतनिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । यशकीर्ति बढ्नुका साथै आर्थिकलाभ हुनेछ । शनि तथा राहु अशुभ रहनाले शत्रुबृद्धि, पीडा, हानीनोक्सानी समेत खप्नुपर्ने देखिन्छ । स्वास्थ्यमा समस्या देखिएपनि पारिवारीक सुख प्राप्त हुनेछ । शनि र राहुको शान्ति गरेमा अशुभफल नास हुनेछ ।
वैशाख :- सुखबृद्धि, शत्रुनास ज्येष्ठ :- खर्चमाबृद्धि, लामोयात्राको योग
आषाढ :- पापकर्ममा मन जानाले मानसम्मानमा असर
श्रावण :- स्वास्थ्य सम्बन्धी चिन्ता भाद्र :- कार्यसिद्धि,सुखप्राप्ति आश्विन :- धन प्राप्ति, सम्मान प्राप्ति
कार्तिक :- अप्रत्याशित धननास मार्ग :- खर्चबृद्धि, आँखामा समस्या
पौष :- स्थानपरिवर्तन, हानी माघ :- सुखबृद्धि, ऐश्वर्य प्राप्ति फाल्गुन :- स्वास्थ्यमा समस्या, मानहानी
चैत्र :- आर्थिक संकट ।
धनु ये,यो,भा,भी,भू,धा,फा,ढा,भे मिश्रित समय रहने छ । कार्य सफल, आर्थिक लाभको सम्भावना रहेको छ भने राहु केतु र बृहस्पति अशुभ रहेकाले दुःख आफन्तसँग विछोड,शत्रुबृद्धि हुनुका साथै स्वास्थ्य सम्बन्धी समस्याले सताउने छ । वैतनिक क्षेत्रमा अपयशको सम्भावना रहने छ । बृहस्पति, केतु र राहुको शान्ति गरेमा अशुभफल नास हुनेछ ।
वैशाख :- आर्थिक संकट, हानी ज्येष्ठ :- शत्रुनाश, सुखप्राप्ति आषाढ :- धननाश, यात्राको अवसर
श्रावण :- स्वास्थ्य सम्बन्धी चिन्ता, अधिक खर्च
भाद्र :- मानहानी, चिन्ता
आश्विन :- धन प्राप्ति, सम्मान प्राप्ति
कार्तिक :- अप्रत्याशित धनलाभ मार्ग :- खर्चबृद्धि, पीडा
पौष :- स्थानपरिवर्तन, यात्राको अवसर
माघ :- हानी नोक्सानी
:फाल्गुन :- स्वास्थ्यमा सुधार, धनलाभ
चैत्र :- रोग, आर्थिक संकट
मकर भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी २०८१ शुभफलदायी रहने छ । राहु तथा बृहस्पति शुभस्थानमा रहेकाले हरेक क्षेत्रबाट सुखको अनुभूति हुनेछ । कर्मको फल प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहने छ । केतु तथा शनि अशुभ स्थानमा रहेकाले आर्थिक संकट, पारिवारीक वेमेल जस्ता समस्या आउने छन् । केतु र शनिको शान्ति गरेमा अशुभफल नास हुनेछ ।
वैशाख स्वास्थ्यमा समस्या, मानहानी
ज्येष्ठ :- शत्रुबृद्धि, धननाश
आषाढ :- शत्रुनाश, सुखप्राप्ति श्रावण :- अधिक खर्चिलो यात्रा भाद्र :- मानहानी, चिन्ता
आश्विन :- गलतकाममा मनजाने कार्तिक :- अप्रत्याशित धनलाभ,सुखप्राप्ति
मार्ग :- धनलाभ, हर्ष
पौष :- अधिक धनक्षय, क्लेश माघ :- यात्राको अवसर, हर्ष फाल्गुन :- स्वास्थ्यमा समस्या, धनहानी
चैत्र :- हर्ष, धनमानलाभ ।
कुम्भ गु,गे,गो,सा,सी,सु,से,सो,दा २०८१ मध्यम रहला । कृषि व्यापारबाट लाभ हुनेछ । वर्षरम्भमा आँखामा समस्या आउने छ । पठनपाठन मध्यम रहनेछ । बृहस्पति,शनि,राहु र केतु अशुभ रहनाले पीडा,भय,धनहानी निर्धनता जस्ता अशुभफल प्राप्त हुनेछन् । शुभफल प्राप्तिकालागि उक्त ग्रहको शान्तिगर्नु आवश्यक छ । वैशाख :- अप्रत्याशित धनलाभ,सुखप्राप्ति
ज्येष्ठ स्वास्थ्यमा समस्या, मानहानी
आषाढ :- धननाश, चिन्ता
श्रावण :- शत्रुनाश, सुखको अनुभूति
भाद्र :- खर्चबृद्धि,लामोयात्रा आश्विन :- रोगबृृद्धि, चिन्ता कार्तिक :- पापकर्म बढ्ने, माननास
मार्ग :- धनलाभ, हर्ष
पौष :- अधिक धनलाभ, सुख माघ :- पिडा,धनहानी
फाल्गुन :- यात्राको अवसर, धनहानी
चैत्र :- क्षति, नोक्सानी ।
मीन दी,दु,थ,झ,ञ,दे,दो,चा,ची २०८१ मध्यम फलदायी वर्ष रहने छ । अध्ययन अध्यापन सफल रहनेछ । भूमीवाहनको सुख प्राप्त हुनेछ । वैतनिक क्षेत्रमा अपयस, दाम्पत्य जीवनमा विश्वासको संकट देखिनेछ । बृहस्पति,शनि,राहु र केतु अशुभ रहेकाले डरत्रास,स्वास्थ्यमा बाधा, हानीनोक्सानी,कष्ट जस्ता अशुभफल प्राप्त हुनेछ । यी अशुभफबाट बच्न ग्रहशान्ति आवश्यक देखिएको छ । वैशाख :- नोक्सानी,पीडा
ज्येष्ठ :- स्वास्थ्यमा सुधार, मानसम्मान
आषाढ :- धननाश, मानहानी श्रावण :- आर्थिक संकट, ऋणबृद्धि
भाद्र :- शत्रुनाश, अर्थलाभ आश्विन :- धननाश, यात्रा कार्तिक :- पापकर्म बढ्ने, रोगबृद्धि
मार्ग :- रुग्णता, भय
पौष :- कार्यसफल, सुखबृद्धि माघ :- धनलाभ, हर्ष
फाल्गुन :- खर्चबृद्धि, पीडा
चैत्र :- स्थान परिवर्तन, यात्रा ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij