शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज रामनवमी पर्व मनाइँदै

  • प्रकाशित मिति : बुधबार, बैशाख ५, २०८१



  • काठमाडौं । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।

    त्रेतायुगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाइने गरिएको हो । भगवान श्रीरामले रावणलगायतका आसुरी शक्तिमाथि विजय प्राप्त गरेको पुराणहरुमा उल्लेख छ ।

    देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरि व्रत बसेर रामगीता पाठ गर्ने चलन छ । यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

    यस दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाएर रामजानकी मन्दिरमा पूजापाठ गरेमा मनकामना पुरा जनविश्वास छ । राम नवमीका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि श्रद्धालु भक्तजन जनकपुर आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij