शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

देशको आर्थिक समृद्धिमा भुपू सुरक्षाकर्मी

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • पोखरा । देशको आर्थिक समृद्धिमा भुतपूर्व सुरक्षाकर्मीपनि लाग्ने कुरा एक भेलामा बताईएको छ । कास्कीमा रहेका भुपू सुरक्षाकर्मीले आयोजना गरेको मंगलबारको जिल्ला भेलामा उक्त कुरा राखिएको हो ।
    नयाँ शक्ति पार्टी अन्तर्गत भुतपूर्व सुरक्षाकर्मीको भेलाका प्रमुख वक्ता राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपालका केन्द्रीय संयोजक तथा पूर्व एआईजी नारायण पाण्डेले सुरक्षानिकायबाट अवकाश पाएपनि जोश, जागर, दृढता र प्रतिवद्धता अझैपनि रहेको र अवको जिवन देशकै निम्ति रहने जनाएका छन् ।
    गोर्खालीको देश भनि चिनिएको नेपाललाई विकसित देशको स्थितिमा लैजान र पूर्व सुरक्षाकर्मीको हक हितका लागि लड्ने प्रतिवद्धता जनाएका छन् । सिर्जनाचोक स्थित पार्टी कार्यालयको सभाहलमा सम्पन्न भेलाले राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपाल गठन भएको छ ।
    भेलाले सुबेदार नन्द बहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको हो । जसमा सहसंयोजकमा रामजी पौडेल, सदस्यमा राजकुमार गुरुङ, हस्त बहादुर कुँवर, नारायण बहादुर खड्का, एक बहादुर गुरुङ, आईत बहादुर रानामगर, कुलदिप गुरुङ, आश बहादुर गुरुङ, लक्ष्मण रानाभाट, अशोक गुरुङ, बुद्धि बहादुर थापा, कृष्ण बहादुर गुरुङ, याम बहादुर गुरुङ, राजकुमार गुरुङ, मिनराज पौडेल, मित्रलाल तिवारीलगाएत रहेका छन् ।
    कमिटी गठन पश्चात नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ४ की संयोजक बलावती शर्मा, राष्ट्रिय पूर्व सुरक्षाकर्मी नेपाल प्रदेश ४का संयोजक प्रकाश गुरुङ, नयाँ शक्तिका केन्द्रीय सदस्य टिकाराम पौडेलले नवगठित कमिटीलाई शुभकामना दिएका थिए ।
    सुबेदार नन्द बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा स्वागत मन्तव्य कास्की जिल्लाका सहसंयोजक शम्भु खाती परियारले गरेका थिएभने भेलाको संचालन केन्द्रीय सदस्य खड्ग बहादुर गुरुङले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij