शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसीपुर उवा संघको २९ औँ साधारण सभा तथा १३ औँ अधिवेसन सम्पन्न

  • प्रकाशित मिति : शनिबार, बैशाख १५, २०८१



  • तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले निजि क्षेत्र बलियो नहुँदासम्म स्थानीय सरकार बलियो हुन नसक्ने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघको २९ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेसनका प्रमुख अतिथि समेत रहेका मेयर खड्काले यस्तो बताएका हुन् ।

    कोराना कहरले थलिएको व्यापार व्यवसाय अझैसम्म पनि उठ्न नसक्नु दुखद कुरा भएको बताए । त्यस्तै उनले अवैध कारोबारले प्रश्रय पाउदा वैधानिक कारोबारले बजार नपाएको पनि बताए । यदि भविष्यमा पनि व्यापार व्यवसाय यसैगरी चल्ने हो भने लाखौं युवाहरु विदेशीनुको विकल्प नरहेको पनि उनले बताए । त्यस्तै उनले निजि क्षेत्रलाई बलियो बनाउन नितिगत रुपमा सोच्नु पर्ने आवश्यकता औल्याए ।

    त्यस्तै निजि क्षेत्रले देश बनाउनमा ठूलो भूमिका खेल्ने बताउदै उनले निजि क्षेत्रले उद्योग कलकार खाना बन्द गर्ने भन्दा पनि त्यसको दटेर सामना गर्न आग्रह गरे ।

    त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डे, किराना व्यवसायी उपसमितिका संयोजक होताराम आचार्य, दाङ जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण महासचिव विनिल केसीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij