शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सार्वजनिक सम्पत्ति संरक्षणमा लागौं: खड्का

  • प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०८१



  • तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्रका सबै टोल विकास संस्थामा भएका सार्वजनिक सम्पत्ति संरक्षणमा लाग्न नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।

    बुधवार तुलसीपुर–१६ स्थित सजनेवा टोल विकास संस्थाको नवनिर्मित सामुदायिक भवनको उद्घाटन गर्दै नगर प्रमुख खड्काले यी सार्वजनिक सम्पत्तिको संरक्षण गरेर सार्वजनिकरुपमा प्रयोग हुने संरचनाहरु निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

    ‘पहिला यो ठाउँमा सानो पोखरी थियो । पछि पानीको अभावमा यो पोखरी रहन सकेन । यत्तिकै छोडेको भए भोलिका दिनमा यो ठाउँ अतिक्रमणमा पर्न सक्थ्यो’– उहाँले भन्नुभयो– ‘यहाँको टोलका नेतृत्वकर्ताले यो सार्वजनिक ठाउँलाई कसरी बचाउन सकिन्छ भनेर पहल थाल्नुभयो । पालिकाले बजेट विनियोजन गर्दियो । अहिले सार्वजनिकरुपमा प्रयोग गर्न सकिने सामुदायिक भवन बन्यो । ठाउँ पनि सुरक्षित भयो ।’ सबै टोलका नागरिकहरु सचेत भएर आफ्नो टोल क्षेत्रमा भएका त्यस्ता सार्वजनिक ठाउँहरुमा निहित व्यक्तिको अतिक्रमणमा पर्नबाट जोगाउन भूमिका खेल्नुपर्ने खड्काले सुझाव दिनुभयो ।

    उक्त सामुदायिक भवन तुलसीपुर उपमहानगरपालिकाबाट आव २०८०÷०८१ मा विनियोजन भएको आठ लाख रुपैयाँ र उपभोक्ताहरुले गरेको एक लाख १६ हजार छ सय ६२ रुपैयाँ बराबरको श्रमदानबाट निर्माण भएको हो । कार्यक्रममा भवन निर्माणको समयमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । टोल विकास संस्था तथा भवन निर्माण उपभोक्ता समितिका रैबहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर–१६ का अध्यक्ष शिवानन्द डिसी, सम्पूर्ण टोल विकास संस्थाहरुको तर्फबाट जमुनी टोल विकास संस्थाका सचिव अर्जुन रेग्मी, सहयोगदाता श्री जय हुनुमान इट्टा उद्योगका सञ्चालक कपिलदेव सुवेदीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण स्थानीय पदम केसीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij