शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

  • प्रकाशित मिति : शनिबार, बैशाख २२, २०८१



  • मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।

    मधेस प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ।

    अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहकाले आगलागीबाट सुरक्षित तथा सर्तक रहनका साथै पीडितलाई सहयोगका लागि आग्रह गरिएको छ।

    प्राप्त विवरणमा धनुषामा रु आठ करोड ४९ लाख, महोत्तरीमा चार करोड १४ लाख, सर्लाहीमा चार करोड ४१ लाख, सप्तरीमा पाँच करोड ४१ लाख, सिरहामा आठ करोड ४९ लाख, रौतहटमा रु चार करोड ९८ लाख, बारामा चार करोड १७ लाख र पर्सामा पाँच करोड ७२ लाख मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।

    मधेस प्रदेशको सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन्। सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा १०६ आगलागीका घटना भएको विवरणमा जनाइएको छ।

    यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएको विवरणमा उल्लेख गरिएको छ।

    लामो समयदेखि आकासे पानी नपरेको तथा तातो हावा र बढ्दो गर्मीका कारण आगलागीका घटना अत्यधिक भएको प्रहरीको अनुमान रहेको छ। साथै मानवीय लापरबाही तथा प्राविधिक समस्याले पनि आगलागीका घटना तथा क्षति भएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij