प्रकाशित मिति : बुधबार, बैशाख २६, २०८१
तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई घरमै गएर वृद्व भत्ता वितरण गर्न बैकलाई आग्रह गरेको छ । उपमहानगरले मंगलबार तुलसीपुर क्षेत्रका बैकका प्रतिनिधिलाई बोलाएर ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेको हो ।
उपमहानगर प्रमुख टिकाराम खड्काले बैकले ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गर्दै त्यसो नगरे उपमहानगरले विकल्प खोज्ने बताए । जेष्ठ नागरिक भत्ता बुझ्न बैकमा लाइन लागेको दृश्य राम्रो भएन ।उपमहानगर प्रमुख खड्काले भने, तपाईहरू स्थानीय सरकारको निर्देशन मान्नुहुन्न भने विकल्प खोजिन्छ ।
कार्यक्रममा उप-प्रमुख स्यानी चौधरीले बैकहरूले कानुनी बमोजिम सामाजिक काममा दायित्व बहन गर्नुपर्ने बताईन। प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफूहरू बैकसँग सहकार्य गर्न तयार भएको भन्दै सामाजिक दायित्व नभुल्न आग्रह गरेका छन ।
छलफलमा सहभागी बैकका प्रतिनिधिहरूले स्थानीय सरकारको निर्णय पालना गर्न र सामाजिक दायित्व पुरा गर्न तयार रहेको बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij