प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
युएई, १४ साउन ।
दाङ देउखुरी समाज युएईले लमही न.पा. ११ स्थायी निवासी ०२ वटा मृगौला फेल भइ हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत श्यामकली रोकालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। समाजको प्रतिनिधित्व गरि भक्तपुर पुग्नु भएका समाजका उपाध्यक्ष पिम बहादुर के.सी. ले प्रत्यक्ष पिडित समक्ष पुगि पिडितलाई नै भेटेर फलफूल सहित नगद रु १०,०००/-(अक्ष्यरुपी दस हजार रुपैयाँ मात्र) आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो। राहत हस्तान्तरण गर्दै के.सी. ले सानो सहयोग भए पनि स्वास्थ्यउपचारमा जीवनउपयोगी हुने बिश्वास ब्यक्त गर्नु भयो भने साथै पिडित श्यामकलीले पनि यो सहयोग आफ्नो जीवनजोगाउन अमूल्य सावित हुने भन्दै सहयोग प्रती धन्यवाद ब्यक्त गर्नु भएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij