शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल, बैंककै कर्मचारीलाई अवसर

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १०, २०८१



  • काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खनाललाई सीईओको रुपमा नियुक्त गरेको हो ।

    उनी चैत २९ गतेदेखि बैंकको निमित्त सीईओ रहँदै आएका थिए । सोही भूमिकामा रहँदै सीईओको प्रतिस्पर्धामा भाग लिएका खनालाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

    यसअघि चैत २८ गते किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरी अवकाश पाएका थिए । बैशाख ७ सीईओ छनोट गर्न सिफारिस गरेको समितिले नयाँ सीईओका लागि आवेदन खुलाएको थियो ।

    सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी सर्टलिस्टमा परेका थिए ।

    सीईओका लागि शुरुमा भने २० जनाको आवेदन परेको थियो । छनोट समितिले शुरुमा ५ जना सर्टलिष्ट गर्दै खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

    बैंकभित्रकै व्यक्तिलाई अवसर दिने गरी खनालको नियुक्तिले सरकारी बैंकमा राजनीतिक हस्तक्षेपको गुञ्जायसलाई समेत कम गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij