शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १४, २०८१



  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

    सोमबार न्यायाधीश यदुराज शर्माको इजलासले उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत धनुषाका स्रेस्तेदार कैलाश प्रसाद भट्टराईले जानकारी दिए।

    नागरिकता सम्बन्धी कसुरमा नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।

    पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रविन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।

    पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति गाडीमा धनुषा पुर्‍याएको थियो।

    सुरूमा अदालत पेश गरिएका उनलाई अदालतले अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति दिएको थियो।

    उक्त म्‍याद सकेर दोस्रो पटक जेठ ११ गते (शुक्रबार) अदालतमा पेश गरिएको थियो। त्यस दिन अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

    मुटुको समस्या देखिएपछि प्रहरीले उनलाई त्यस राति जनकपुर प्रादेशिक अस्पतालमा पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारको लागि काब्या अस्पतालमा राखिएको थियो।

    सोमबार पुन: उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij