शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बंगलाचुलीमा एकैदिन नीति र बजेट

  • प्रकाशित मिति : सोमवार, असार १०, २०८१



  • कमिरेचौरर । बंगलाचुली गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेट एकै दिन सार्वजनिक गरेको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष भक्तबहादुर जिसीले वार्षिक बजेट सार्वजनिक गर्नुभएको थियो ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि ५८ करोड ८० लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । जसमा पूँजीगततर्फ २४ करोड ११ लाख र चालुतर्फ ३४ करोड ३९ लाख, त्यसैगरी तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापनलगायतका प्रशासनिक खर्चतर्फ सात करोड ७५ लाख खर्च प्रस्ताव गरिएको छ ।

    प्रस्तुत बजेटमध्ये नेपाल सरकारको अनुदानबाट ४२ करोड नौ लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ९० लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ३७ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ५२ लाख ११ हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट १ करोड ४२ लाख हुने अनुमान गरिएको छ । गाउँपालिकाको आफ्नो आम्दानी, संघ तथा प्रदेश सरकारका सबै प्रकारका अनुदान तथा राजश्व बाँडफाँडसमेतका आधारमा ५८ करोड ८० लाख ५४ हजार बराबरको राजश्व तथा व्ययको अनुमान पेश गरेको हो ।

    गाउँपालिकाले परिस्कृत र मर्यादित जीवनयापनका लागि सर्वसुलभ, निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता भन्ने नारालाई प्राथमिकता दिँदै कुल बजेटको ४५ प्रतिशत बजेट शिक्षा र स्वास्थ्यमा छुट्याएको छ । बंगलाचुलीबासीको सर्वाङ्गीण विकासका लागि शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि संघ, प्रदेश सरकारबाट प्राप्त विभिन्न प्रकारका अनुदान तथा राजश्व बाँडफँँड र आन्तरिक आयसमेतबाट खर्च व्यहोर्ने गरी २१ करोड ५० लाख र स्वास्थ्य क्षेत्रमा ५ करोड ८० लाख गरी जम्मा २७ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका माध्यमबाट विपन्न तथा वञ्चितिकरणमा परेका सबै जातजातिका महिला, वालवालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक, युवा किशोर, किशोरी दलित तथा जनजातिसमेतका लागि क्षमता विकास तथा सीप विकास गर्न ४० लाख विनियोजन गरिएको छ । यस्तै शहिद परिवार, घाइते, अपाङ्ग सहयोग कार्यक्रम तथा शहिद, घाइते तथा बेपत्ता परिवार सम्मानका लागि ७ लाख विनियोजन गरिएको छ । बालमैत्री स्थानीय शासन लागू गर्न ५ लाख विनियोजन गरिएको छ ।

    गाउँपालिकाले कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य पर्यटनतर्फ ५९ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कृषि प्रणालीसँग आवद्ध गर्न २६ लाख, कृषि तथा पशुपालनका पकेट क्षेत्र विकास एवं विस्तार र साना किसान सहयोग कार्यक्रम परिचालन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुन्तला पकेट कार्यक्रम) का लागि १२ लाख, सम्वृद्धिका लागि वन विकास कार्यक्रममा ३५ लाख बजेट विनियोजन गरेको छ ।

    त्यसैगरी स्थानीय कृषि उद्यमशीलताको विकासका लागि सीपसँगै सहयोगका लागि लघुउद्यम विकास कार्यक्रमतर्फ १२ लाख, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२ लाख ५९ हजार, गाउँपालिकाको गौरबको आयोजना एक घर, एक धारा कार्यक्रम तर्फ ७० लाखसँगै विभिन्न खानेपानी आयोजनामा १ करोड ३० लाख गरी २ करोड, झोलुङ्गे पुलतर्फ १० लाख, चालु सडक, खानेपानी, सिंचाई, विद्युतीकरणलगायतका पूर्वाधार संरचनाहरुको निर्माण, मर्मत सम्भार र सञ्चालनका लागि विपत् व्यवस्थापन कोषमा १ करोड, मर्मतसम्भार कोषमा ५४ लाखसमेत गरी १ करोड ५४ लाख विनियोजन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij