शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विग्रेका मोवाइल भाँडा वर्तनसँग नसाट्नुस्: पाण्डेय

  • प्रकाशित मिति : शुक्रबार, असार १४, २०८१



  • दाङ । नेपाल मोवाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दीपक पाण्डेयले मोवाइल को सुझबुझपूर्ण प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

    मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ दाङको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा विहीवार घोराहीमा भएको कार्यक्रममा नागरिकहरुलाई सचेत गराउँदै उहाँले मोवाइलको प्रयोग र विग्रेपछि पनि त्यसको व्यवस्थापनका विषयमा सुझाव दिनुभयो । ‘मोबाइललाई भाइब्रेसनमा राखेर गोजीमा नहाल्नुस्’ पाण्डेयले भन्नुभयो,– ‘त्यसले थाहा नपाउने गरी शरी रमा असर गरिरहेको हुन्छ । शरी र भन्दा ५÷७ फिट टाढा राख्नुस् ।’ उहाँका अनुसार मोवाइलको भाइव्रेसनले मुटुमा असर गर्छ । उहाँले फोन गर्ने क्रममा मोवाइलले विकीरणहरु फाल्ने गरेको भन्दै त्यसले ब्रेनलाई सिधै असर गर्ने बताउनुभयो ।

    यसैगरी पुराना र विग्रेका मोवाइल नसाट्न केन्द्रीय उपाध्यक्ष पाण्डेयले सुझाव दिनुभयो । ‘त्यसको ¥याम र मेमोरी प्रयोग हुन सक्छ र मोवाइल अपचलन हुन सक्छ ।’ उहाँका अनुसार भाँडा वर्तनसित फुटेको, बिग्रेको मोवाइल साट्दा आफ्ना सेभ भएका गोप्य कुराहरु लिक हुन सक्छन् । समस्या ल्याउन सक्छ । मोवाइल बिग्रेको भए पनि त्यसभित्र रहेका फाइलहरु सही हुन्छन् । यसैगरी अपरिचितलाई एक कल फोन गर्छु भन्दा मोवाइल नदिन, मोवाइल बैकिङ सेवा नदिन सुझाव दिनुभयो । अपराधी पत्ता लगाउन अन्तिम सम्पर्क व्यक्ति खोजिन्छ । पैसा हाल्दा चोरेको वा अवैध धन्दाबाट कमाएको हुन सक्छ । अनुसन्धानले खोज्दै जाँदा अप्ठ्यारो पर्छ ।

    यसैगरी चार्जमा राखेर फोन नचलाउन प्रशिक्षकहरुले सुझाव दिएका छन् । उनीहरुका अनुसार गेम खेल्दा, सिरियल हेर्दा चार्जमै हालेर गरेको पाइन्छ । त्यसो गर्दा मोवाइल धेरै तातिन्छ । आँखामा असर पर्छ । शरीरमा अन्य समस्या आउँछ । अनलिमिटेड प्रयोगले मोवाइलबाट धेरै समस्याहरु आउँछन् । गर्भवती महिलाले दिन कटाउन मोवाइल धेरै चलाउँछन् । त्यसमा धेरै कुरा खोज्छन र हेर्छन् । त्यसले पेटभित्रको बच्चालाई समेत असर गर्ने भन्दै उनीहरुले जन्मेपछि न्वारान हुँदा देखिनै पटक–पटक फोटो खिच्ने गर्दा पनि बच्चालाई असर पर्ने बताए ।

    ‘मोवाइल भर्खरै प्रयोगमा आएको हुनाले यस सम्बन्धी सरकारको स्पष्ट धारणा बनेको देखिदैन’ प्रशिक्षण कार्यक्रमका अध्यक्ष घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले भन्नुभयो– ‘मोवाइल प्रयोगबाट पछि हट्न त सकिदैन । आफूलाई जति आवश्यक पर्छ त्यति प्रयोग गरौं ।’ उहाँका अनुसार धेरैले चलाउने फेसबुक हो । त्यसमा लाईक कमेन्ट शेयर गर्दा ध्यान दिनुपर्छ । कार्यक्रममा प्रशासन महाशासका प्रमुख वासुदेव शर्मा, भौतिक पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाभित्रका वडा सदस्यहरु सहभागी रहेको साईबर सेक्युरिटी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मोवाइल व्यवसायी संघका मदन भण्डारीले दिनुभएको थियो । कार्यक्रम सञ्चालन संघका उपाध्यक्ष भिमसेन डाँगीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij