शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वर्षेनी २५ लाख वृक्षारोपण: रोप्ने धेरै, हुर्काउने कम

  • प्रकाशित मिति : शनिबार, असार १५, २०८१



  • लुम्बिनी प्रदेशमा बर्षेनी २५ लाख विरुवा रोप्ने गरिएको छ । प्रदेश स्थापना भएदेखि हालसम्म करिब एक करोड ६१ लाख बढी विरुवा रोपिएका छन् ।

    यस वर्ष ७ सय ६५ हेक्टर जग्गामा विभिन्न प्रजातिका २५ लाख विरुवा रोपेर वन, वातावरण तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने योजना छ । जसरी बृक्षारोपण गरिन्छ, त्यसरी विरुवा हुर्कने दर भने न्यून रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकारले शुक्रबारदेखि बृक्षारोपण अभियान सुरु गरेको छ । यो अभियानको क्रममा यस बर्ष ७ सय ६५ हेक्टर क्षेत्रफलमा २५ लाख विरुवा रोप्ने योजना वन तथा वातावरण मन्त्रालयले बनाएको छ । १२ जिल्लामा रहेका डिभिजन वन कार्यालयले सामुदायिक वनसँग समन्वय गरेर बृक्षारोपण अभियान सुरु गरेका छन् । बढ्दो जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न र वातावरणमा सन्तुलन कायम राख्न अनिवार्य रुपमा बृक्षारोपण गरिनुपर्ने वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताउनुभयो । ‘जलवायू परिवर्तनका कारण जुन असरहरु देखिएका छन् त्यसलाई न्यूनीकरण गर्ने एक मात्र उपाय भनेको रुख विरुवा हो’ उहाँले भन्नुभयो, ‘रुख विरुवाकै कारण वातावरण सन्तुलनमा राख्न सकिएको छ ।’

    गढवा गाउँपालिका वडा नं. ३ स्थित शान्ति सामुदायिक वन क्षेत्रमा एक हजार विरुवा रोपेर अभियान सुरु गरिएको छ । यो सामुदायिक वनको आठ हेक्टर जमिनमा मात्रै १२ हजार ८ सय विरुवा रोप्ने उद्देश्य छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसी, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेत, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता, विद्यार्थी लगायत बृक्षारोपणमा सहभागी हुनुभएको थियो । मुख्यमन्त्री जोखबहादुर महराले जनसहभागिताविना वन, वातावरणको संरक्षण गर्न नसकिने भएकाले जन परिचालनमा जोड दिनुभयो । ‘वन फडानी भयो । समुदायले चासो दिएन । समस्या देखिए । तर, अहिले सामुदायिक वनको जिम्मेवारी नागरिकलाई दिएपछि वनको अवस्था फेरिएको छ’ उहाँले भन्नुभयो,‘जनताको सहभागिता विना वन, वातावरण संरक्षणको कुरा कल्पना गर्न सकिदैन ।’

    वनलाई आयआर्जनको माध्यमको रुपमा समेत विकास गर्नेगरी विरुवाको छनौंट गर्ने गरिएको छ । सरकारले मौवा, जामुना, टिक, सतिसाल, अर्जुन लगायतका बोटविरुवालाई प्राथमिकता दिएको छ । काठको साथ साथै फलफूलको रुपमा समेत आम्दानी गर्न सकिनेगरी विरुवाको छनौंटमा समेत ध्यान दिइएको वन तथा वातावरण मन्त्री अर्जुनकुमार केसीले बताउनु भयो । ‘एउटा रुखले अक्सिजन दिन्छ । काठ दिन्छ । मान्छेलाई जीवन दिन्छ’ उहाँले भन्नुभयो, ‘रुख विरुवाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनमा ध्यान दिएका छौं ।’ सरकारले देशभर बार्षिक लाखौं विरुवा लगाउँदै आएको छ । तर, जसरी वोटविरुवा लगाउने गरिन्छ, त्यसरी त्यसको संरक्षण भने हुन सकिरहेको छैन् । सरकारले बहुवर्षीय बोटविरुवाहरु लगाउन प्राथमिकिता दिएको, यसबाट विरुवा मर्ने दर निकै कम हुने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले बताउनुभयो ।

    २०७५ सालमा ३२ लाख विरुवा लगाइएको थियो भने त्यस यताका बर्षमा बार्षिक २५ लाख विरुवा लगाउँदै आएको छ । ‘चरिचरण हुने ठाउँमा, आगलागी हुने ठाउँमा बृक्षारोपण गरेर हामी सफल हुन सक्दैनौं । तसर्थ यी समस्या समाधान गर्न उपभोक्ताको गस्ती र सक्रियता चाहिन्छ’ उहाँले भन्नुभयो, ‘हरेक वर्ष विरुवा लगाइन्छ र त्यो हुर्कने क्रम पनि बढेको छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij