प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
बैदेशिक रोजगार विभागबाट लाईसेन्स खारेज भैसकेको अबस्थामा समेत गैरकानुनीरुपमा मानिसहरुलाई बिदेश पठाएको अभियोगमा घोराहीबाट केही दिन पहिले तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
खोजि रिक्रुटमेन्ट सर्भिसेज प्रालि र द रिभर ओभरसिज प्रालिको नामवाट गैर कानूनी रुपमा मानिसहरुलाई विदेश पठाउने गरेको भन्दै खोजी रिक्रुटमेन्टका सौडियार १ बस्ने नारायणबहादुर अधिकारी, मानपुर ५ का दिवाकर पाण्डे र द रिभर ओभरसिज घोराही ११ का चन्द्रबहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर आबस्यक कार्वाहीका लागि बैदेशिक रोजगार बिभाग काठमाडौमा पठाएको थियो ।
बिभागले नारायणबहादुर अधिकारी र दिवाकर पाण्डेलाई जनही ५० हजार र चन्द्रबहादुर घर्तीलाई एक लाख धरौटी माग गरेकोमा सबैले माग बमोजिमको धरौटी बुझाई तारेखमा दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij