शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसीपुरमा १ सय ८६ जोडीको सम्बन्ध विच्छेद

  • प्रकाशित मिति : शुक्रबार, असार २८, २०८१



  • दाङको तुलसीपुर उपमहानगरपालिकामा एक वर्षको अवधिमा १ सय ८६ जना जोडीको सम्बन्ध विच्छेद भएको छ । उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ मा सो संख्यामा सम्बन्ध विच्छेद गर्नेको तथ्याँक उपमहानगरपालिकासँग रहेको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार उपमहानगरका १९ वटा वडामध्ये सबै भन्दा धेरै १८ नंबर वडाका १८ जोडीले सम्बन्ध विच्छेद गरेका छन् भने थोरै २ र १० नंबर वडामा ४/४ जनाले विच्छेद गरेका छन् ।

    वडा नंबर १ मा ७, ३ मा ९, ४ मा १३, ५ मा ११, ६ मा १७, ७ मा १५ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । यस्तै वडा नंबर ८ मा ९, ९ मा ५, ११ मा ८, १२ मा ६, १३ मा १३, १४ मा ७ , १५ मा १५, १६ मा १०, १७ मा ८ र १९ मा ८ जना जोडीले सम्बन्ध विच्छेद गरेका छन् । तुलसीपुरमा श्रीमान श्रीमती विचमा भएका साना तथा ठूला विवादका कारण हुने सम्बन्ध विच्छेदले विकराल रुप लिदै गएको सुचना अधिकारी न्यौपानेले बताए । उपमहानगरपालिकाले तयार पारेको सम्बन्ध विच्छेदको तथ्याँक हेर्दा हाम्रो समाज कता जाँदैछ भन्ने सोच्नु पर्ने र यसलाई सुधार गर्नु पर्ने उनको भनाई छ ।

    यसैगरी तुलसीपुरमा एक वर्षको अवधिमा १ हजार ४ सय ७६ जना जोडीले विवाह गरेका छन् । यस्तै १ हजार ४० महिला र १ हजार ३ सय ५ पुरुष गरी २ हजार ३ सय ५ जनाले जन्मदर्ता गराएका छन् । ४ सय ३३ महिला र ६ सय १५ पुरुष गरी १ हजार ४९ जनाको मृत्यु दर्ता गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij