शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

न्युरोडमा फुटपाथ बिस्तारको काम पुनः थालियो

  • प्रकाशित मिति : बुधबार, साउन २, २०८१



  • काठमाडौं । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले न्युरोडमा शुरु गरेको फुटपाथ विस्तारमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेपछि काठमाडौं नगरपालिकाले आज बिहानैदेखि फुटपाथ विस्तार गर्ने योजनाअन्तर्गत पुनः काम थालेको छ ।

    यसैक्रममा महानगरपालिको उक्त क्षेत्रमा राखिएको बारको छेउको सडक भत्काएर फुटपाथ बिस्तारको काम अघि बढाएको हो ।

    यसअघि महानगरपालिकाले फुटपाथ बिस्तारका लागि शुक्रपथमा सडक काट्न थालेपछि सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले हस्तक्षेप गरी काटेको सडक तत्काल पिच गरेपछि महानगरको उक्त कार्ययोजना अलपत्र परेको थियो । उच्च अदालत पाटनको आदेशपछि सडक डिभिजन कार्यालय पछि हटेको छ ।

    सधै भिडभाड हुने यस क्षेत्रमा सर्वसाधारणलाई हिँडडुल गर्न असहज भएपछि महानगरले फुटपाथ बिस्तारको योजना ल्याएको हो । यसअघि काठमाडौं महानगरले न्युरोडको विशाल बजार क्षेत्रमा सवारी पार्किङ गर्न नपाइने नियम लागु गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij