शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

उपत्यकाका सुकुम्बासी सरकारले उचित व्यवस्थापन गर्नेमा विश्वस्त

  • प्रकाशित मिति : बिहिबार, साउन ३, २०८१



  • काठमाडौं । सर्वोच्च अदालतले उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीहरु हटाउन आदेश दिएसँगै सरकारको टाउको दुखाई बनेको उपत्यकाको सुकुम्बासी समस्या समाधानका लागि सहज हुने भएको छ । सर्वोच्चले नदी किनारा अतिक्रमण खाली गर्न मात्रै आदेश दिएको छैन, वास्तविक सुकुम्बासीहरुलाई आवास वा नगद राहतको व्यवस्था गर्न समेत भएको छ ।

    सुकुम्बासी बस्ती हटाउने वा उनीहरुलाई अन्यत्र सार्ने भन्ने चर्चा सुन्ने वित्तिकै आक्रोशित हुने बागमती, विष्णुमतिलगायतका नदी किनारका सुकुम्वासीहरु सर्वोच्चको आदेशपछि भने शान्त देखिएका छन् । सर्वोच्चको आदेशको पूर्ण पाठ आएको भोलिपल्ट बागमती र बिष्णुमती नदी किनारका थापाथली, सिनामंगल, बानेश्वर करिडोरलगायतका सुकुम्बासी बस्तीमा पुग्दा उनीहरु अरु बेला भन्दा शान्त र नरम देखिए । सिनामंगलको सकुम्बासी बस्तीकी ७५ वर्षिया तुलमाया परियार सर्वोच्चले भने जस्तै सरकारले उचित व्यवस्थापन गर्नेमा विश्वस्त हुनुहुन्छ ।

    सर्वोच्च अदालतको आदेशप्रति सुकुम्बासी बस्तीमा बस्नेहरु जानकार रहेको पाइयो । सरकारले व्यवस्थापनका लागि बनाएका अपार्टमेन्टहरु पायक पर्ने ठाउँमा नभएको गुनासो पनि यिनीहरुको छ । सरकारले चित्तबुभ्mदो तरिकाले ब्यबस्थापन गरेमा आफूहरु कानूनको पालना गर्न तयार रहेको थापाथली सुकुम्बासी टोलका अध्यक्ष मिलन कुमार राना बताउनुहुन्छ ।

    रानाको भनाइ्रप्रति काठमाडौं महानगरपालिका भने सहमत छैन । सुकुम्बासी वस्तीहरुका कारण काठमाडौंको सौन्दर्यकरणमा अवरोध मात्रै भएको नभई महानगरपालिकाका योजनाहरु कार्यान्वयनमा समेत बाधा पुगेकाले त्यस्ता बस्तीहरु कुनै पनि हालतमा हटाउनु पर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर बताउनुहुन्छ ।

    सर्वोच्च अदालतले पनि सुकुम्वासीको पहिचान गर्न भनेको बेला थापाथलीको सकुम्बासी बस्तीमा बस्दै आएकी आयुशा तामाङ सो बस्तीका १३६ वटा टहरामा बस्ने अधिकांशको उपत्यका बाहिर घर घडेरी र जग्गा जमिन रहेको बताउनुहुन्छ ।

    सुकुम्बासी बस्तीमा बस्दै आएका केहीलाई भने अदालतको आदेशले अब सुकुम्बासी बस्ती उजाड हुन्छ भन्ने लागेको छ । अदालतले नै आदेश दिईसकेकाले अब सरकारले दिने आवासमा जान आफूहरु तयार रहेको गीता तामाङ बताउनुहुन्छ । सिनामंगलको सुक्ुम्बासी बस्तीमा बस्दै आएका प्रदीप राइलाई भने सुकुम्बासीको सही पहिचान नहोला भन्ने चिन्ता छ । यता, थापाथलीको सकुम्बासी बस्तीमा २१ बर्ष देखि बस्दै आएकी पवित्रा रनपहेलीलाई भने सरकारले जता पठाए पनि चिन्ता छैन ।

    शहरी विकास मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको शहरी क्षेत्रमा बस्ने कूल जनसंख्या मध्ये १० प्रतिशतले सुकुम्बासी भएको दाबी गरेको तथ्यांक छ । राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण सुकुम्बासी समस्या समाधान हुने भन्दा बल्झिने गरेको मात्रै छैन बरु थातथलो छाडेर शहर पस्ने र सुकुम्बासी दाबी गर्ने प्रवृत्ति बढ्दो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij