शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

न्यूरोडमा फुटपाथ विस्तार गरेरै छाड्ने अडानबाट पछि हटे बालेन

  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०८१



  • काठमाडौँ । न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजनाबाट काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) पछि हटेका छन् । फुटपाथ विस्तार सम्बन्धी अध्ययन गर्ने जिम्मा पूर्वाधार समितिलाई दिने र समितिको प्रतिवेदनको आधारमा मात्रै अघि बढ्ने सहमति भएसँगै फुटपाथ विस्तार गर्ने योजना रोकिएको हो ।

    न्यूरोडमा सडकको चौडाइ घटाएर फुटपाथ विस्तार गर्ने बालेनको योजनालाई शुरुमा सडक विभागले अवरोध गरेको थियो । उक्त अवरोधविरुद्ध मुद्दामा गएको महानगरपालिकालाई फुटपाथ विस्तारमा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश गरेपछि महानगरले फेरि पुटपाथ विस्तार थालेको थियो ।

    तर स्थानीय व्यापारीको अवरोध तथा वडाध्यक्ष चिनीकाजी महर्जनको विरोधको कारण फुटपाथ विस्तार तत्कालका लागि स्थगित गर्न बालेन सहमत भएका हुन् । सोमबार मेयर साह, उपमेयर सुनिता डंगोल, २२ नम्बर वडाका वडाध्यक्ष महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीचको छलफलमा उक्त सहमति भएको हो ।

    महानगरको पूर्वाधार समितिका संयोजक नेतृत्वमा रहेको उक्त समितिलाई मंसिर २ सम्ममा प्रतिवेदन बुझाउन भनिएको छ । समितिले प्रत्येक ४–४ महिनामा महानगर क्षेत्रभित्र गर्ने पूर्वाधार निर्माणसम्बन्धी अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाउनुपर्ने व्यवस्था अहिले पनि छ । सोही व्यवस्था अनुसार समितिलाई नै यसबारे अध्ययन गर्न भनिएको हो ।

    अध्ययनन गर्न विशेष समिति गठन नभएको र विद्यमान समितिलाई सामान्य रुपमा अध्ययन गर्ने जिम्मेवादी दिनुले न्यूरोडमा फुटपाथ विस्तारको योजनाबाट मेयर साह पछि हटेको जस्तो देखिएको हो ।

    महानगरपालिकाले न्यूरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार/निर्माणसम्बन्धी कुनै काम नगर्ने स्थानीय वासिन्दासँग सहमति गरेको छ ।

    सहमतिअनुसार समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने भएको हो । सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

    उनीहरुले वडा २४ मा भएको फुटपाथ विस्तारले पारेको प्रभाव (सकारात्मक अथवा नकारात्मक ) बारे अध्ययन गरी मंसिर २ गते प्रतिवेदन बुझाउने सहमति भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij