शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद

  • प्रकाशित मिति : मङ्लबार, साउन ८, २०८१



  • काठमाडौँ । विवाहित दम्पत्तिबीच प्रायः स–साना कुरामा झगडा भैरहेको हुन्छ । कहिलेकाहिँ यो झगडा बढेर सम्बन्ध विच्छेदसम्म पुग्छ । यसबाहेक कहिलेकाहिँ त विवाह भएको दशकौँ भए पनि एक झट्कामा नै सम्बन्ध टुट्छ ।

    तर के कुनै जोडिले विवाह भएकै दिन सम्बन्ध विच्छेद गरेको तपाईँले सुन्नु भएको छ ? शायद छैन होला ।

    कुवेतमा यस प्रकारको एउटा घटना घटेको छ, जहाँ विवाहको तीन मिनेटमै दुलाहा–दुलहीको सम्बन्ध विच्छेद भएको छ । उक्त जोडिको आधिकारिक रुपमा विवाह भएपछि जोडि अदालतबाट बाहिर निस्कियो । त्यहि समयमा दुलहीको खुट्टा लड्खडायो र उनी त्यहिँ लडिन् । दुलाहाले उनलाई सम्हाल्नुको साटो ‘स्टूपिड’ भने । दुलाहाको उक्त प्रतिक्रिया सुनेर दुलही रिसले आगो भइन् र उनले तुरुन्त विवाह रद्द गर्न भनिन् ।

    दुलहीको कुरामा न्यायाधिशपनि सहमत भए र उक्त जोडिको विवाहको तीन मिनेटमै समबन्ध विच्छेद भयो । कुवेतको इतिहासमा यसलाई सबैभन्दा छोटो विवाह भनिएको छ ।

    यद्यपि, यस प्रकारको घटना घटेको यो पहिलो पटक होइन । २००४ मा बेलायतमा एउटा जोडिले विवाह भएको ९० मिनेटपछि सम्बन्ध विच्छेद दर्ता गराएर सम्बन्ध विच्छेद गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij