शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी

  • प्रकाशित मिति : शुक्रबार, साउन २५, २०८१



  • तनहुँमा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष ०८०/८१ मा १५ हजार ७७७ राहदानी वितरण गरेको छ।

    राहदानी लिनेमध्ये ६ हजार ७३४ महिला र नौ हजार ५३ पुरुष रहेका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवधिमा १६ हजार ७४३ राहदानी सिफारिस गरिएको छ।

    कार्यालयले एक वर्षको अवधिमा आठ हजार ९५५ नागरिकता वितरण गरेको छ। तीमध्ये वंशजको आधारमा आठ हजार ९४६ र वैवाहिक अंगीकृतको आधारमा नौजनालाई नागरिकता वितरण गरिएको छ। नागरिकता प्राप्त गर्नेमध्ये चार हजार ७२८ महिला र चार हजार २२६ पुरुष छन्।

    यसैगरी, सात हजार ६६१ जनालाई नागरिकताको प्रतिलिपि र ४३ जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ। सोही अवधिमा नौ महिला र १९ पुरुष गरी २८ जनाको नागरिकता रद्द गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।

    वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये गण्डकी प्रदेशमा तनहुँ उच्च भएकाले पनि नागरिकताभन्दा बढी राहदानी वितरण भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। उनका अनुसार कार्यालयबाट ५१५ जनालाई नाबालक परिचयपत्र, १४ जनालाई प्रतिलिपि वितरण गरिएको छ। २५ हजार २२७ जनाको राष्ट्रिय परिचयपत्र नयाँ दर्ता गरिएको छ भने एक हजार १४ परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।

    ८४५ लाई जनजाति प्रमाणित, ४१८ लाई दलित प्रमाणित, सयजनालाई विपन्न खस आर्य प्रमाणित, ३८ लाई मुस्लिम प्रमाणित गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए। उनका अनुसार १५८ जनाको तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण गरिएको छ भने १२ जनालाई यात्रा अनुमतिपत्र सिफारिस गरिएको छ।

    सोही अवधिमा कार्यालयमा १४५ मुद्दा दर्ता भएकामा ७९ फर्स्याेट भएका छन्। संस्था दर्तातर्फ २५ नयाँ, ६ सय ८७ नवीकरण, हातहतियारतर्फ तीन नवीकरण र एक नामसारी भएका छन्।

    कार्यालयले संस्था दर्ताबाट रु. १० लाख ३० हजार ६ सय १०, हातहतियारबाट रु. ६ लाख एक हजार एक सय २५, राहदानी दस्तुरबाट रु. आठ करोड ४६ लाख ५३ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु. ११ लाख ५० हजार ६३८, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु. दुई लाख २३ हजार राजस्व संकलन गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij