प्रकाशित मिति : शनिबार, साउन २६, २०८१
घोराही । गुप्ता कशौधन विरादरी सेवा समाजको आयोजनामा शुक्रबार गुडिया महोत्सव भएको छ । समाजका अध्यक्ष रामदयाल गुप्ताको अध्यक्षतामा शिव मन्दिर घोराही–१४ मा भएको थियो ।
हरेक वर्षझंै नागपञ्चमीका अवसरमा गुडिया महोत्सव गरिएको हो । विरादरी समाजका बालबालिकाले घर–घरबाट रङ्गीचङ्गी कलात्मक गुडिया ल्याएका थिए । उनीहरुले शिव मन्दिर अगाडि ल्याएर एकैसाथ प्रदर्शन गरेका थिए । गुडिया महोत्सवको फोहोर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण गुप्ता, यसैगरी सुनिल गुप्ता, राजकुमार गुप्ता, विजय गुप्ताले सफाइ गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij