मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  • प्रकाशित मिति : सोमवार, भदौ २४, २०८१



  • बिनिता शर्मा,काठमाडौ । सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित देवानगंज गाउँपालिका र श्री कृष्ण मावि देवानगंजको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नंं. ४ गण सुनसरी र नोबेल मेडिकल कलेज टिचिङ हस्पीटल प्रा.लि. विराटनगरको संयुक्त आयोजनामा भाद्र २४ गते स्वास्थ्य शिविर संचालन गरिएको छ ।

    पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल, नेपाल अस्पतालको सहकार्य तथा देवानगंज गाउँपालिकाको समन्वयमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

    सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सञ्चालित स्वास्थ्य शिविरमा ७ सय भन्दा बढि सर्वसाधारणहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, छाला रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, भिडियो एक्सरे, ई.सी.जी, नाक, कान तथा घाँटी, आँखाको जाँच, रगत तथा पिसाबको जाँच लगायत सामान्य शल्यक्रिया समेतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij