शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भन्सार छली गरेको ३१ लाखको अवैध सामानसहित तीन भारतीय पक्राउ

  • प्रकाशित मिति : सोमवार, भदौ ३१, २०८१



  • मकवानपुर प्रहरीले भन्सार छली ल्याएको ३१ लाख रुपैयाँबराबरको अवैध सामानसहित तीन भारतीयलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोस्टस्थित सडकमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको डब्ल्यू बी ४९ एन २१७८ नम्बरको भारतीय यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो।

    मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार प्रहरीले बसका चालकद्वय भारतको पश्चिम बंगालको मदेनिपुर बस्ने ३१ वर्षका सदाम खान, पश्चिम बंगालकै बंकुरा रतनपुरा बस्ने ३८ वर्षका काली मुडी र सहचालक पश्चिम बंगाल मदेनिपुर बस्ने ३० वर्षका जयदेव हेमरामलाई नियन्त्रणमा लिएको छ।

    विशेष सूचनाको आधारमा बसलाई रोकी खानतलासी गर्दा बसको विभिन्न भित्री भागमा फल्स बटम बनाई भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान बरामद भएको हो।

    प्रवक्ता भण्डारीका अनुसार एक हजार ६० थान कुर्ती, १५० ग्रामको २७० थान तुलसीलगायत विभिन्न प्रकारका सामान बरामद भएको छ।

    बरामद गरिएको भारतीय बस, सामानहरू र चालक तथा सहचालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij