शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राप्ती गाउँपालिकामा दुई र घोराहीमा आयो एउटा घुम्ती सौचालय

  • प्रकाशित मिति : सोमवार, अशोज ७, २०८१



  • दाङको राप्ती गाउँपालिकामा दुई वटा घुम्ती सौचालय भित्रिएका छन् ।

    सरसफाइ तथा ढल ब्यवस्थापन महाशाखा केन्द्र बाट हालसालै निशुल्क रुपमा यी सौचालय गाउँपालिकालाई प्रदान गरिएका हुन । ट्याक्टरसहितको एउटा सौचालयको मूल्य झन्डै ४० लाख पर्ने गर्छ ।

    घोराही उपमहानगरपालिकामा पनि हालसालै त्यस्तै एउटा घुम्ति सौचालय आइ पुगेको छ । त्यो सौचालय पनि सरसफाइ तथा ढल ब्यवस्थापन महाशाखा केन्द्र बाट निशुल्क रुपमा प्रदान गरिएको हो ।
    तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित अन्य जिल्लाका आठ वटा पालिकाहरुमा भने यस्ता घुम्ति सौचालयहरु उपलब्ध छैनन् ।

    राप्ती गाउँपालिकामा आएका दुई मध्य एउटा सौचालय सिसहनिया बजार क्षेत्रमा राख्ने गरिएको छ भने अर्कौ भालुवाङ बजार क्षेत्रमा राख्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए । अबदेखि देउखुरी क्षेत्रमा हुने ठूला कार्यक्रम, जात्रा र मेलाहरु सर्वसाधारणलाई सजिलो हुने बिष्टले बताए । ती सौचालयहरु सर्वसाधारणले निशुल्क प्रयोग गर्न पाउनेपनि उनले जानकारी दिए ।

    ट्याक्टरसहितका सौचालय जहाँ आवश्यक पर्छ त्यही लैजान सकिने उनले बताएका थिए ।
    यी सौचालय गाउँपालिकाले जापानिज प्राजेक्टमा माग गरे बमोजिम केन्द्रको सरसफाइ तथा ढल ब्यवस्थापन महाशाखा बाट हालसालै निशुल्क प्रदान गरेको हो ।

    कोराना महामारीको समयमा सोही जापानिज प्रोजेक्टले राप्ती गाउँपालिका – ८ पिपरीमा अढाई करोड खर्चेर होल्डिङ सेन्टर स्थापना गरि दिएको थियो । जहाँ आपत बिपतमा परेका बिरामीलाई राख्ने गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij